धुमधामकासाथ वीरगञ्जमा होली मनाउने श्याम परिवारको तयारी
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २०:५:४५
कन्हैयालाल केशरी
१२ फागुन, वीरगञ्ज । हिन्दूहरुको पवित्र ग्रन्थ महाभारतमा एउटा विचित्रको पात्र छन् – बरबरिक । उनी कौरवका तर्फबाट युद्ध लड्ने अवस्था बुझेका श्रीकृष्णले शीर छेदन गर्ने छल गरे । तर उनको शीर भने युद्ध हेर्न पाउने गरी युद्धभूमिमा रहेको एउटा रुखमा रहने व्यवस्था मिलाइयो । तिनै महान योद्धा बरवरिकलाई मारवाडी समुदायले खाटु श्याम बाबाको नामले सम्मान गरी पुजाअर्चना गर्छन् ।
वीरगन्जका मारवाडी समुदायले पनि फागु पर्वको अवसर पारेर यही फागुन १३ र १४ गते विशेष कार्यक्रमको आयोजना गरेका छन् । श्याम बाबाको पुजा अर्चना गर्ने सबै तयारी पूरा भएको अभियन्ता विशाल इन्दोरियाले बताएका छन् ।
महाभारतमा बरवरिकले आफूसँग रहेको तीनवटा बाणबाट महाभारत युद्धनै समाप्त गर्ने बरदान पाएका थिए । बरवरिकले आफु हार्ने पक्षबाट मात्र युद्ध लड्ने बताए पछि महाभारत जुन उद्देश्यका लागि रचिएको थियो त्यसको औचित्यनै पुरा नहुने देखिएपछि श्रीकृष्ण भगवानले गुरु दक्षिणामा बविरिकसगं उनको शिर (टाउको) दानमा मागेपछि उनले आफनो टाउको आफैले काटेर दानमा दिएका थिए ।
बरवरिकले टाउको दानमा दिए पनि महाभारत युद्ध हेर्ने ईच्छा रहेको बताएपछि श्रीकृष्ण भगवानले भारतको राजस्थानमा रहेको गोबर्धन पर्वतमा उनको टाउँको स्थापना गरी दिएका थिए । त्यसैले बारबरिकलाई सम्पूर्ण महाभारत हेर्न पाउने जीवित पात्रको रुपमा रहेको लिइएको छ । साथै मारवाडी समूदायले बरवरिकलाई आफनो इस्टदेवको रुपमा पुजाअर्चना गर्ने गरेका छन् ।
फागु पर्वको अवसरमा श्याम परिवार वीरगन्जले पनि भब्य रुपमा फाल्गुन हेली महोत्सवको आयोजन गरिरहेको जानकारी श्याम परिवारका अध्यक्ष डा.बिजय अग्रवालले दिएका छन् । वीरगन्जको विडेवाल धर्मशालामा मङ्लबार र बुधबार दुई दिन भजनकिर्तन तथा प्रसाद बितरण गरि मनाइने महोत्सवको अन्तिम सबै तैयारी भईसकको अध्यक्ष अग्रवालको भनाई छ ।
कार्यक्रमा काठमाडौं, नारायणघाट, हेटौडा, कलैयालगायत भारतको कोलकोत्ता दिल्ली, पटना र सीमावर्ति क्षेत्र भारत बिहारबाटसमेत ठूलो सङ्ख्यामा भक्तजनहरु आउने श्याम परिवारका सदस्य बिकास शर्माले बताएका छन् । भजन र र्कितनका लागि स्थानीय कलाकारहरुकासाथै भारत कोलकोत्ताका ख्याति प्राप्त गायक सन्जु शर्मा र पटना बिहारकी गायिका रेशमी शर्मा पनि आउने निश्ति भएको शर्माको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार