नेप्सेले अर्धशतक कटाएपछि लगानीकर्ता हर्षित, राजनीतिक तरंगले बजारमा उछाल
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २१:४:२६
११ फागुन, काठमाडौं । क्रिकेट खेलमा एउटै खेलाडीले अर्धशतक (५० रन) भन्दा माथि हानेपछि दर्शकदिर्घाबाट जसरी हुटिङको बर्षा हुन्छ, आज नेपाल स्टक एक्सचेन्जले त्यही हुटिङ र खुशी लगानीकर्तालाई दिएको छ । पटक-पटकको प्रयासपछि नेप्से आज सर्वाधिक ६९.५६ अंगमा पुग्न सफल भएको छ ।
आज कारोबार भइरहेका सबै उपसमूहको परिसूचक बढेका छन् । अन्य परिसूचकमध्ये बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक उच्चदरले बढेको छ । पछिल्लो समय नेप्से निरन्तर उकालो लागेसँगै नयाँ लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेकाले पनि बजारमा उत्साहजनक कारोबार भइरहेको छ ।
राजनीतिसँग जोडिएको नेप्से
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सरकार, राजनीति, धितोपत्र बोर्ड र देशको अर्थतन्त्रसँग प्रत्येक्ष सरोकार राख्ने धितोपत्र बजारमा हुने सानो परिवर्तन र चलखेलले बजारमा ठुलो प्रभाव देखा पर्नु नेपाल स्टक एक्सचेन्जको विगत छ ।
सोही अनुसार देशमा कम्यूनिष्ट शासन आएसँगै नयाँ कम्युनिष्ट अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको बागडोर सम्हाल्दै अर्थ मन्त्रालय प्रवेश गरेपछि घटेको नेप्सेले कहिल्यै पनि लगानीकर्तालाई खुलेर कारोबार गर्न दिएको थिएन । लगानीकर्ता उनका विरुद्ध पटक पटक आन्दोलन गर्न र आफ्नो अधिकारको लडाइँमा समय विताउँदै रहेका थिए । तर यिनै शेयरबजारका विरोधी खतिवडा अर्थ मन्त्रालयबाट बाहिरिन लागेको हल्ला बजारमा चलेपछि आज बजारले १५ सय ४ अंक पार गरेको छ ।
खेलमा वाइल्ड कार्ड इन्ट्री झैँ राष्ट्रिय सभा सदस्य बन्दै मन्त्री बनेका उनको अवधि यहि फागुन २० गते सकिने छ । तर पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीको अति विश्वासपात्रमध्ये एक रहेका उनको समयअवधि थपिने या नथपिने भन्ने बारे विभिन्न आँकलन भइरहेका छन् । एकथरीले भने उनी कुनैपनि हालतमा नबाहिरिने र बाँकी कार्यकाल पनि उनैले सम्हाल्ने चर्चा कायमै छ ।
अर्काथरी भने उनको ठाउँमा बामदेव गौतमलाई ल्याउने तर्क गरिरहेका छन् । तर, यो तर्क मात्रै हो । एक नेकपा नेताले भने :– देशको बागडोर नै चलाउने उद्देश्यले हिँडेका गौतम जी मन्त्रालयमा नै रमाउनु होला भन्ने मलाई लाग्दैन । हेरौँ परिस्थितिले कुन मोड लिन्छ । यसै भन्नसक्ने अवस्था यहाँ छैन ।
कारोबार खुलेको पहिलो १८ मिनेट नपुग्दै ४४ अंक नजिक रहेको नेप्से विस्तारै घटेर १९ अंकको वृद्धि कायम गरिरहेको थियो । त्यसपछि बजारमा राजनीतिक तरंग पैदा भयो र आज नेप्सेले साढे दुई वर्षपछि रंग बदलेको छ । आज सबै उपसुचक हरियो भएका छन् ।
र याे पनि … ईतिहास बनेको दिनको प्राविधिक बिश्लेषणले के देखाउछ ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार