उपराष्ट्रपतिले उद्घाटन गर्ने मगर एकता दिवसको भव्य तयारी
नेपालबहस संवाददाता
फागुन ११, २०७६ सोमबार १:३५:५४
११ फागुन, काठमाडौं । नेपाल सरकारले सन २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाईरहेका बेला नेपाल मगर संघलेसमेत राष्ट्रिय मगर एकता दिवस फागुन १५ लाई भिजिट नेपाल लक्षित कार्यक्रम गरी मनाउने भएको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाले यसवर्षको फागुन १५ लाई पर्यटन वर्षको रुपमा मनाउने भएको हो । जिल्ला समन्वय समितिले आइतबार वालिङमा पत्रकार सम्मेलन गरी फागुन १५ गते दिवसलाई पर्यटनसंग जोड्ने जनाएको हो ।
फागुन १५ गते वालिङको खेलमैदानमा मगर दिवस र मगर भवन (मगर गुमष्ठा इम) को उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गर्ने पत्रकार सम्मेलनमा समन्वयका अध्यक्ष लोकेन्द्र तरामु मगरले जानकारी दिए । खेलमैदान छेउमा रहेको दुईतले भवनको समेत उपराष्ट्रपति पुनले उद्दघाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
मगर समुदायको भेषभुषा र संस्कृतिलाई संरक्षण गर्दै प्रत्येक वर्ष फाल्गनु १५ लाई एकता दिवसका रुपमा मनाईदै आईएको अध्यक्ष तरामुले बताए । स्याङ्जाको केन्द्र वालिङमा जिल्लाभरीका समुदायको सहजताका लागी वालिङमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तरामुको भनाई छ ।
“मगर इतिहास, भाषा, संस्कृति संर्वद्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वायक्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजित मगर एकता दिवसका अवसरमा आयोजित कार्यक्रमको नेपाल मगर संघ वालिङ नगर समितिले व्यवस्थापन गरेको मगर संघ वालिङ नगर समिति अध्यक्ष डिलबहादुर थापाले बताए ।
कार्यक्रममा सल्लाहकार पुर्णबहादुर थापाले दिवसले मगर समुदायबीच एकता र सदभाव कायम गर्ने बताउँदै दिवसमा सहभागि हुन सबैलाई अनुरोध गरे । दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका ११ स्थानीय तहबाट मगर समुदायको सहभागिता रहनेछ । मगर भेषभुषासहितको ¥याली तथा सांस्कृतिक झाँकी फेँदिखोला र गल्याङबाट शुरु भई वालिङमा कार्यक्रम हुनेछ ।
विश्वभरी छरिएर रहेका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै मगर एकताका लागी दिवस मनाउँदै आएका छन् । नेपाल मगर संघ विश्वभरी बसोबास गर्ने नेपाली मगरहरुको साझा संगठन हो । संघले आफ्नो स्थापनाकालदेखि नै मगर भाषा, संस्कार, संस्कृति, भेषभुषको संरक्षण, संर्वद्धन र विकासका लागी क्रियाशिल हुँदै आएको छ ।
समाजिक सद्भाव, सहिष्णुता, सांस्कृतिक सह–अस्तीत्वमा ऐक्यवद्ध रही सभ्य र सुसंस्कृत जातीय विभेद रहित समाजको निर्माण गर्ने हेतूले नेपाल मगर संघ, संघसंस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको संस्था हो । मगर संघ नगर जिल्ला अध्यक्ष लोकेन्द्रबहादुर तरामुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सागर थापाचर्तीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार