नेकपामा संविधान संशोधनको बेमौसमी बाजा
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १९:१:३५
१२ फाल्गुण, काठमाडौं । झण्डै दुईतिहाई बहुमतका साथ सत्तामा आएको केपी ओली सरकारको पछिल्लो लोकप्रियता मापन गर्ने हो भने शून्यमा झरेको होला । पटकपटक विवादमा पर्ने गरेको ओली सरकारमाथिको प्रहार पनि बेजोड बन्ने अवस्थामा देखिएको छ ।
नागरिक समाजले ओली सरकार इतिहासमै सबैभन्दा निकम्मा र भ्रष्ट भन्ने अवस्था आईसकेको छ । ओली मन्त्रिमण्डलमा रहेका कतिपय सदस्यको कार्यशैली र जनताप्रतिको उत्तरदायित्व कमजोर बनेको छ । यो परिवेशमा ओली रक्षात्मक भूमिकामा पुगिसकेका छन् ।
यसैक्रममा ओली नेतृत्वको पार्टी सचिवालय बैठकले फेरि अर्काे विवादास्पद निर्णय गरेको छ । विधान विपरित पार्टी उपाध्यक्ष बनाइएका नेता वामदेव गौतमको महत्वाकांक्षा पूरा गर्न सचिवालय बैठकले संविधान संशोधन कार्यदल बनाएको छ । नेता गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर प्रधानमन्त्री बनाउने मनसायले उक्त कार्यदल बनाइएको हो ।
एकजना व्यक्तिको बहुलठ्ठीपनको परिणामका रुपमा उक्त कार्यदललाई लिइएको छ । राष्ट्रियसभाको महत्व र गरिमा नै नबुझी यस्तो गल्ती गर्न तम्सिएका ओलीका लागि गौतमको बालहठ पूरा गर्न सहज भने छैन । किनभने नेपालको संविधान, २०७२ कुनै दल विशेषको पेवा होइन । दुईतिहाईको समर्थनबाट संविधान फेर्न सकिने उनको तर्क यो प्रकरणमा काम लाग्ने देखिंदैन ।
नेपाली कांग्रेस लगायत अन्य शक्तिले लामो कसरत गरेपछि मात्र संविधान तयार भएको यथार्थ भुलेर अहिले संशोधन हेतुले कार्यदल बनाइएको छ । यस्तो कार्यदलले संविधान संशोधन गर्न भनी दिने सुझाव राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासले समेत स्वीकारिने हुनुपर्छ । दुई सदनात्मक प्रणाली भएको देशमा जनताबाट निर्वाचित व्यक्ति नै मुलुकको कार्यकारी प्रमुख हुने अभ्यास रहेको छ ।
कहीं नभएको जात्रा हाँडीगाउँमा भने जस्तो सरकारबाट मनोनित व्यक्तिलाई कार्यकारी प्रमुख बनाउने गरी संविधान संशोधन गर्न मिल्दैन – प्रजातान्त्रिक कानून संघ ( डीएलए ) का केन्द्रीय अध्यक्ष योगेन्द्र अधिकारी भन्छन् । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने व्यक्ति कुनैपनि विषयको ज्ञाता हुन्छन् , अर्थात उनीहरुले मुलुकलाई एउटा गति र दिशा दिन सहयोग गर्छन् न की शासनसत्ता चलाउने भोगी हुन्छन् । त्यसैले पनि यो संस्थाको गरिमा र आस्थालाई जोगाउन यस्तो संशोधन गर्न मिल्दैन – पूर्व न्यायधिवक्ता एवं नेकपा निकट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ भन्छन् ।
पार्टीभित्र कमजोर अवस्थामा पुगेका ओलीले बलियो बन्न बामदेवलाई साथ लिन खोजीरहेका छन् । बामदेव यही फागुन २० गते रिक्त हुने अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा राष्ट्रियसभामा जान लालयित छन् । राष्ट्रियसभामा जान बामदेवले राखेको शर्त प्रधानमन्त्री बन्न पाउनु पर्ने रहेको छ । बामदेवको चाहना पूरा गर्न मन नभएपनि प्रधानमन्त्री ओली पार्टी भित्रको समीकरणमा बलियो बन्न उक्त मागको संबोधन गर्न बाध्य भएका छन् ।
ओलीको विकल्पमा बामदेव आउने अवस्था भए सघाउनेको पंक्तिमा अर्का नेता माधवकुमार नेपाल तयार देखिएका छन् ।त्यसैले नेपालकै नेतृत्वमा संविधान संशोधन कार्यदल बनाइएको खबर सार्वजनिक भएका छन् । तर ओलीको भित्री मन भने यस्तो प्रस्ताव पारित नहोस् नै भन्ने रहेको बुझिन्छ । कार्यदल बनेको खबर सार्वजनिक भएपछि नेकपा निकट नेता नै त्यसको विरोधमा उत्रिएका छन् । ओली निकट कानून व्यवसायीहरुले समेत यस्तो गैरजिम्मेवार काम नगर्न सुझाव दिएका छन् ।
त्यसैले यही प्रसंगमा छलफल गर्न आज बिहान ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार बोलाएका थिए । राष्ट्रियसभाको गरिमा उँचो राख्न यस्तो संशोधन गर्न नहुने दवाव आएको भन्दै ओलीले प्रचण्डलाई समेत सहमत गराउने प्रयास गरेका छन् । जे भएपनि नेकपाको गैरराजनीतिक सुझबुझले संविधानलाई रद्धीको टोकरी बनाउने प्रयत्न भने हुन थालेको प्रष्ट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार