घूस्याहा बाँस्कोटालाई टोलबासीद्वारा बहिष्कार
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १९:१४:३८
१२ फाल्गुण, काठमाडौं । ओरालो लागेको मृगलाई बाख्राले समेत लखेट्छ भन्ने नेपाली उखान यतिखेर ७० करोडको मोलमोलाईमा जागीर खुस्किएका गोकुल बाँस्कोटाको हकमा चरितार्थ भएको छ । घूसखान मोलमोलाई गरेको अडियो टेप बाहिरिए लगत्तै राजीनामा गरी प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित घर कुर्न फर्किएका बाँस्कोटामाथि अर्काे बज्रपात भएको हो ।
काभ्रे मूल थातथलो रहेका बाँस्कोटाले भक्तपुर लोकन्थलीमा साढे तीनतले आलिशान भवन निर्माण गरेका छन् । २०७१ सालबाट यहाँ बसोबास गर्ने बाँस्कोटाका छिमेकीको एकहुल हिजो साँझ ओली निवास बालकोट पुगी बाँस्कोटाको सातो लिएका छन् । टोल छिमेकबाट आएका अगुवाले बाँस्कोटालाई अब आफ्नो टोलमा नफकर्न चेतावनी दिएका हुन् ।
तपाईं यहाँ बस्नु भो भने हाम्रो टोल नै घूस्याँहा टोल नामाकरण हुने भएकाले बसाई सर्न चेतावनी दिइएको एकजना सहभागीले नेपालबहस डटकमलाई बताए । छरछिमेकबाट यस्तो सुझाव आएपछि बाँस्कोटा अक्क न बक्क भएका थिए ।मन्त्री हुनु अघिसम्म एक तले रहेको उनको घर अहिले साढे तीन तले बनेको छ । छरछिमेकबाट यस्तो चेतावनी आएपछि के गर्ने भन्ने विषयमा बाँस्कोटा अन्योलमा परेका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाले एउटा स्वीस कम्पनीका एजेण्टसँग ७० करोड कमिसनको मोलमोलाई गरेको अडियो टेप यही फागुन ८ गते सार्वजनिक भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार