प्रदेश नं २ सरकारले दलित र गरिबका लागि आवास बनाइने
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ०:२७:३२
१२ फागुन काठमाडौं । सङ्घीय र प्रदेश नं २ सरकारद्वारा दलित, गरिबका लागि प्रदेशका आठै जिल्लामा आवास निर्माण गरिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको दलित, गरिब आवास परियोजनाअन्तर्गत सो परियोजना चालू आर्थिक वर्षमै शुभारम्भ हुने भएको छ ।
परियोजनाका प्राविधिक भगवान् झाका अनुसार चालू आवमै सप्तरीको मलेठबाट सो परियोजनाको निर्माण कार्य शुभारम्भ हुनेछ । सो कार्यका लागि प्रदेश सरकारको पहलमा राजविराज नगरपालिकाले एक बिघा जग्गा उपलब्ध गराउने भएको छ । सो परियोजनाअन्तर्गत एक परिवारलाई आवश्यक पूर्वाधारसहितको तीन कोठाको आवास उपलब्ध गराइने योजना रहेको छ ।
योजनाअन्तर्गत परिसरमा घर, शौचालय, भान्सा, खानेपानी, सडक, विद्युत, चौपाया राख्ने व्यवस्थासमेत गरिएको छ । सङ्घीय सरकारले सो कार्यका लागि रु १० करोड रकम उपलब्ध गराएको छ । आगामी वर्षमा क्रमशः प्रदेशका अन्य जिल्लामा पनि आवास निर्माण गरिने र सो निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइनेबारे छलफल भइरहेको प्राविधिक झाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार