प्रधानमन्त्रीकाे जन्माेत्सव प्रकरणले दिएकाे सन्देश
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार १७:५३:३४
१३ फागुन, काठमाडाैं । प्रधानमन्त्रीको जन्मोत्सव या जन्मघरको अन्तिम भोजमा नेकपाका जन्तीहरुको लस्करले मुलुकलाई २०० बर्ष अगाडिको अवस्थामा फर्काउन खोजेको आभाष दिलाएको छ । नेपालमा प्रजातन्त्रको लडाईंमा आफुलाई उत्सर्ग गर्नेहरुलाई अहिलेको ब्यवस्था हेर्दा कस्तो लाग्दो हो ? अहिलेका नेतागणहरुको व्यवहार देख्दा कस्तो महशुस हुँदो हो ? अहिलेको वर्तमान अवस्थाको अध्ययन गरेर कस्तो निष्कर्ष निकाल्दा हुन ? या चुप लागेर बस्दा हुन ? मेरा मानसपटलमा यी र यस्ता कुराहरुले सधैं पिरोलिरहने गर्दछ ।
प्रजातन्त्रका पक्षमा लागेर सर्वस्वहरण भएका, आपनो व्यक्तिगत पहिचान भन्दा राष्ट्रको स्वतन्त्रताको पक्षमा आफुलाई उभ्याएका, मुलुकमा रहेको अशिक्षा, भोक, रोग, कुपोषण र बेरोजगारीबाट मुक्त बनाउन भन्दै स्वतन्त्रताको लडाईंमा होमिएका प्रजातन्त्रका जीवित सेनानीहरूले वर्तमान नेतृत्वप्रति कस्तो धारणा बनाएका होलान ? भनेर आफुले आफैलाई प्रश्न गर्ने गर्दछु ।
२००७ सालको प्रजातन्त्रको आगमनले पारिवारिक राणा शासनलाई बिस्थापित गर्यो । देशमा नयाँ संबिधान घोषणा गराउन अति नै आतुर भएका नेताहरु देश बिकासको अभियानमा त्यति आतुर किन देखिदैनन् ? देशलाई म्यूजिकल चेयरको खेलमा परिणत गरेर जनतालाई बिदेशी ऋणको भारी बोकाएर आफु मोजमस्तीमा रमाउन थालेपछि केही राजनैतिक दलहरुले केही समय अघिमात्रै आपनो दलगत आचारसंहिता नै बनाएर लागू गर्ने निर्णय गरेको समाचार बजारमा आए ।
यो जन्मदिवस केपी शर्मा ओलीको हो कि ? नेकपाका अध्यक्षको हो ? कि यो जन्मोत्सव देशका प्रधानमन्त्रीको हो ? व्यक्तिको जन्मोत्सवमा या पार्टीको अध्यक्षको जन्मोत्सवमा राष्ट्रको सम्पत्ति दुरुपयोग गर्न मिल्छ ? यदि प्रधानमन्त्रीको रुपमा जन्मोत्सव मनाउन खोजिएको हो भने यो राष्ट्रिय कार्यक्रम बन्न सक्थ्यो ।
त्यसलाई दलका कार्यकर्ताहरुले दशैं माने झै गरेर मनाए । अब हाम्रो दलमा गलत परम्परा र कृयाकलापहरु हराएर जानेछन् भनेर बिद्युतिय समाचारमाध्यम रङ्ग्याए । दलले गरेको निर्णयमा जन्मोत्सव, विबाह पार्टी, लगायतका चाडपर्बहरुलाई बढी तडकभडक नगरी आफु र आपनो घरपरिवार भित्र सिमित राखेर मनाउनेसम्मका निर्णयहरु भएको कुरा समाचारमा आए । तर त्यो धेरै लामो समय टिक्न पाएन ।
प्रसङ्ग देशका प्रधानमन्त्रीसमेत रहेका खड्गप्रसाद (शर्मा) ओलीको हो । अहिले चर्चामा रहेको जन्मोत्सव प्रकरणलाई आमनागरिकले बिभिन्न कोणबाट हेर्ने गरेका छन् । यो जन्मदिवस केपी शर्मा ओलीको हो कि ? नेकपाका अध्यक्षको हो ? कि यो जन्मोत्सव देशका प्रधानमन्त्रीको हो ? व्यक्तिको जन्मोत्सवमा या पार्टीको अध्यक्षको जन्मोत्सवमा राष्ट्रको सम्पत्ति दुरुपयोग गर्न मिल्छ ? यदि प्रधानमन्त्रीको रुपमा जन्मोत्सव मनाउन खोजिएको हो भने यो राष्ट्रिय कार्यक्रम बन्न सक्थ्यो ।
यसमा राज्य सञ्चालनका संयन्त्र, अन्य राजनैतिक दलका प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधिहरु, सरकारी कर्मचारीहरु लगायतको सहभागिता हुनु पर्दैनथ्यो ?? नेकपाको जन्ती लिएर राज्यकोषको चरम दुरुपयोग गर्ने अख्तियारी कस्ले र कहाँबाट लिए प्रधानमन्त्रीले ? ओलीको जन्मोत्सवमा भएको एक-एक खर्चको विबरण आमनागरिकसम्म ल्याउन जरुरी छ । यो खर्च राज्यकोषबाट नभै नेकपाको निजी श्रोतबाट या केपी ओलीको निजी सम्पत्तिबाट असुल उपर गराउनु पर्छ भन्ने बिषयले जनताको ध्यान तान्न थालेको छ ।
देशको दुई-दुईपटक प्रधानमन्त्री हुँदा नसम्झिएको आठराई र कहिले नआएका ओलीलाई यसैपाली किन आउनु परेको थियो आठराई भनेर भन्न थालेका छन् ।
जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवार भित्रमात्र सीमित गर्नुपर्छ । तर उनी त देशका प्रधानमन्त्री हुन । देशनै उनको घर हो । उनलाई यस्ता अचार, तरकारी, खाजा या खानाले (आचारसंहिताले) कुनै फरक पार्दैन । जो अगुवा उहि बाटो हगुवाका तालमा कसैले उक्साई दिएको आधारमा काठमाडौंबाट आठराई पुगेका ओलीले आपनो मात्र बदनाम गराएनन् । आठराईबासीको समेत हुर्मत लिए । देशका प्रधानमन्त्रीको जन्मोत्सव मनाउन गएका आठराईबासीहरु देशको नक्सा आकारको केक काटेर फर्किए ।
फर्किनासाथ मुलुकभरीबाट प्रधानमन्त्रीको बिरोध हुन थालेपछि बरु उतै काठमाडौं मै मनाएको भए हुन्थ्यो नि जन्मोत्सव या सरकारको अन्तिम भोज । देशको दुई-दुईपटक प्रधानमन्त्री हुँदा नसम्झिएको आठराई र कहिले नआएका ओलीलाई यसैपाली किन आउनु परेको थियो आठराई भनेर भन्न थालेका छन् । कसैकसैले आपनो परिवारको नाममा रहेको पहाडी जमिनलाई विद्यालय बनाउने, छात्राबास बनाउने निहुँमा, अन्य भौतिक संरचना बनाउने नाममा कतै कुनै नयाँ चलखेलको अवस्था त सृजना हुन लागेको छैन भनेर स्थानीयस्तरमा बहस समेत हुन थालेको छ ।
जे छन् उनी मात्र सही छन् अरु सबै गलत । उनी मात्रै राम्रो काम गर्छन् अरु सबै खराब । उनी मात्रै देशको विकास गर्ने व्यक्ति हुन अरु सबै देशद्रोही । उनी मात्रै राष्ट्रवादी हुन अरु सबै अराष्ट्रिय तत्व । उनको दलले मात्रै प्रजातन्त्र र गणतन्त्र ल्याएको हो अरु सबै यथास्थितिवादी ।
जे भए नि नेपाली जनताले तिरेको सुका-सुका करको करोडौं रुपैया प्रधानमन्त्रीले केक काटेर र भतेर खुवाएर सिध्याए । आफु त बदनाम भए-भए सिंगो नेपाल र नेपालीलाई समेत शिर निहुर्याउने बनाए । अहिले आएर लाग्छ ओली हिजो भारतले नाकाबन्दी लगाउँदा पनि राष्ट्रवादी थिएनन् र आज केक काण्डमा पनि उनी राष्ट्रवादी होईनन् ।
यिनी त गोकुल र बिष्णुलाई हतियार बनाएर देश लुटन अग्रसर एक लुटेरा हुन भनेर अब नेपालीले भन्ने दिन आउदैछ । सच्चिनु नसच्चिनु व्यक्तिको आपनो स्वतन्त्रताको विषय हो तर मान्छे सानो होस या ठूलो, पद सानो होस या ठूलो जानेर या नजानेर हुने गरेका गल्तीहरुबाट आफुलाई सच्याउने तर्फ नलैजाने हो भने उसको अवसान निश्चित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अहिलेका कुरा गराईहरु, काम गराईहरु हेर्दा लाग्छ प्रधानमन्त्रीलाई तमाम नेपालीले उठाएका सकारात्मक टिप्पणीहरु भद्धा मजाक हुन । जे छन् उनी मात्र सही छन् अरु सबै गलत । उनी मात्रै राम्रो काम गर्छन् अरु सबै खराब । उनी मात्रै देशको विकास गर्ने व्यक्ति हुन अरु सबै देशद्रोही । उनी मात्रै राष्ट्रवादी हुन अरु सबै अराष्ट्रिय तत्व । उनको दलले मात्रै प्रजातन्त्र र गणतन्त्र ल्याएको हो अरु सबै यथास्थितिवादी ।
मुलुकका कार्यकारी प्रमूखका दुई पैसे कुरा गराई सुनेर कहिले काहीँ त कसरी यी मान्छे यत्रो पदमा आसिन हुन पुगे होलान भनेर प्रश्न गर्न मन लाग्छ । देशका प्रधानमन्त्रीको कुरा सुन्दा बाँदरलाई पौडी खेल्न नपठाउनु, भ्यागुत्तालाई भारी नबोकाउनु भन्ने नेपाली उखान चरितार्थ भएको भान हुन्छ ।
दिनदिनै आउने गरेका यस्ता अकल्पनिय समाचारहरुले नेपाली जनताहरुको त्याग र समर्पणको अवमुल्यन भएको छ । प्रजातन्त्रको चिरहरण भएको छ । नेपाल आमाको बेईज्जती भएको छ । नेपाली नेता र नेतृत्वको यस्तो हर्कतले बिदेशमा बस्ने नेपालीहरु पनि लज्जाबोधको शिकार भएका छन् । सरकार प्रमूखहरु नै भ्रष्टाचारको सेटिड्डमा लिप्त भएको समाचारहरु सुन्दा बिदेशमा बस्ने नेपालीहरुको मन कति पोल्दो हो ?
नेपाली जनताले राजनैतिक दल र तिनै दलका नेतालाई दिएको मतदान अहिले आएर घरबेटी निदाएको अवस्थामा भाडामा बस्ने व्यक्तिको हातमा घरको साँचो परेको जस्तो भएको छ । चोरको हातमा साँचो बुझाउने नेपालीहरुले अब आउने अनगिन्ती अप्ठ्याराहरुको समेत सामना गर्नुपर्ने देखिन्छ ।
देशका नेतृत्वकर्ताहरु र सरकार सञ्चालकहरुको अहिलेको अवस्था हेर्दा लाग्छ अब देशमा छिट्टै एउटा नयाँ मन्त्रालय थप हुदैछ । जसको नाम भ्रष्टाचार तथा सम्पत्ति संकलन मन्त्रालय हुनेछ । जसको जिम्मेवारी प्रधानमन्त्रीका अत्यन्त विश्वासपात्रले मात्र पाउने छन् । सबै मन्त्रालयमा यस मन्त्रालयका सूचना संकलकहरु रहने छन् । प्रत्येक योजनाहरुबाट गरिएका भ्रष्टाचारहरुलाई यस मन्त्रालयमार्फत शुद्धिकरण गर्दै एकआपसमा भागबण्डा गरिनेछ । यसलाई केन्द्र, प्रदेश र स्थानीय तहसम्म बिस्तार गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार
कञ्चनजङ्घा गोल्डकप: गोधुली फुटबल क्लब फाइनल प्रवेश
मंसिर १९, २०८१ बुधबार
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
मंसिर १९, २०८१ बुधबार