लाइफलाइन अस्पतालमा डायलोसिस सेवा शुरु हुदै
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २०:२७:७
१४ फागुन, दमक । लाइफलाइन अस्पतालले मिर्गौला बिरामीका लागि डायलोसिस सेवा शुरु गर्ने भएको छ । रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महिनाभित्र पहिलोपटक सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा तिलकचन्द्र साहले जानकारी दिएका छन् । ती दुईसंस्थाका बीच सम्झौता समेत भएको छ ।
अध्यक्ष डा साहका अनुसार चार श्ययाबाट बिरामीलाई सो सेवा प्रदान गरिनेछ । सो सेवाबाट यस क्षेत्रका बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ । जिल्लाको विर्तामोड र भद्रपुरमा सो सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी एिका छन् । रु ८० लाख मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ । सो अवसरमा अध्यक्ष डा साहले सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको जाकारी दिएका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर डा खुस्बु प्रिया र सञ्चालक डा मुक्तिनाथ भट्टराई सेवाले मिर्गौला बिरामीलाई थप सहज हुने बताए । । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्वास्थ्य सेवामा नगरपालिकाले विभिन्न काम गरिरहेको जानकारी दिए । कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमक आसपासका मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सर्वसुलभ सेवा पाउने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार