मध्यबानेश्वरमा ‘विरयानी अड्डा’
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बिहिबार १:४:५९
१४ फागुन काठमाडौं । विदेशमा अध्ययन गरेर नेपालमै केही गर्ने उद्देश्यले युवा मिलेर काठमाडौँको मध्यबानेश्वरमा ‘विरयानी अड्डा’ आजदेखि प्रारम्भ गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उक्त अड्डाको उद्घाटन गरेका छन् । उनले होटल व्यवस्थापन विषय नै अध्ययन गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै देशमा केही गरुँ भनेर व्यवसाय शुरु गर्नु राम्रो काम भएको बताएका छन् । उनले मुलुकको ‘समृद्ध नेपालः सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन युवा आफ्नै लगानीमा उद्यमशीलताको भावनाबाट अगाडि बढ्नाले विदेश पलायन हुनबाट पनि रोकिने विश्वास व्यक्त गरेका छन् ।
उक्त अड्डाका प्रमुख कार्यकारी अधिकृत सुदर्शन पौडेल अष्ट्रेलियाबाट होटल व्यवस्थापन पढेर नेपालमै व्यवसाय सञ्चालन गर्ने भनेर फर्किएको तीन महिना मात्र भयो । “किङ हस्पिटालिटी ग्रुप सञ्चालन गरेर व्यवसाय शुरु गरेका हौँ, दुबई, कतार, मैले पाँच वर्ष अष्टे«लियमा काम गरे”, उहाँले भन्नुभयो, “व्यवसाय शुरु गरेर मानिसलाई सरल, सहज, स्वच्छ, ताजा र गुणस्तरीय खानेकुरा खुवाउने चाहने नै हो ।”
विरयानी अड्डामा मुख्य खानेकुराका साथ बजारमा पाइने अन्य खानेकुरा पनि पाइनाका साथै घरघरमा पु¥याउने पनि व्यवस्था गरिएको छ । “खानाको स्वाद र गुणस्तरणलाई ध्यान दिन्छौँ, विरयानी मुगलको खाना हो, अन्त विरयानीको रु ५५०÷६५० पर्छ तर हामीले नेपाली रु ४२० मा दुईजनालाई खवाउन सकिने तयार गछौँ ।” विदेशमा अध्ययनपछि सिकेर आएका सञ्चालकहरुमा दुबईमा १६ वर्ष काम गरेर फर्केका राजन खनाल, दुबईबाटै काम सिकेर आउनुभएका नवराज कार्की, सुजन शिवाकोटी र रविन पाण्डे रहेका छन् । उनले मिलेर रु ८० लाखमा उक्त व्यवसाय शुरु गरेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार