सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु : प्रधानसेनापति
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बिहिबार १:४९:३१
१४ फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताएका छन् । बुटवल रामनगर ब्यारेकमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको उल्लेख गरे ।
प्रधानसेनापति थापाले भने, “बद्लिँदो वर्तमान परिवेशमा एकता र पहिचानका विषय विविध कारणले समयसमयमा ओझेलमा परेको जस्तो देखिन्छ, जुन राष्ट्रिय सुरक्षा, विकास र समृद्धिका बाधक हुन्, हामी सम्पूर्ण नेपाली यसप्रतिसचेत रहनैपर्छ ।”
उनले नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धनबाट विखण्डनको विचारलाई परास्त गर्ने मात्र नभई भविष्यको पिँढीमा देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकताको विजारोपण गर्ने र ऐतिहासिक पर्यटनको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सेवानिवृत्त सैनिकको सामाजिक पहिचान र आर्थिक विकासका लागि शिक्षा, स्वास्थ्यको पहुँच विस्तारमा जोड दिइएको बताए ।
बलाध्यक्ष रथी गौरव तण्डुलले बहालवाला र भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताए । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत उपरथी (सेवानिवृत्त) पदमविलास कार्कीले कोषबाट सम्पादन गरिएका कामका बारेमा प्रकाश पारे । सो अवसरमा उपरथी नरबहादुर कँडेल (अवकाशप्राप्त) र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी (अवकाशप्राप्त) केशवबहादुर भण्डारीले पनि पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी कामबारेमा बोलेका थिए ।
सो अवसरमा प्रधानसेनापति थापाले विगतको द्वन्द्व, विभिन्न प्राकृतिक विपद्का क्रममा घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुकलाई चेक हस्तान्तरण गरेका थिए । ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको’ आधार भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा ५ नं प्रदेशका विभिन्न जिल्लाको संस्कृति, वेशभूषा झल्किने कौरा, थारु, सोरठी, सराय नाच प्रस्तुत तथा मार्चपास र सैनिक कला प्रस्तुत गरिएको थियो । सम्मेलनमा नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, गुल्मी पाल्पा, अर्घाखाँचीका सेवानिवृत्त सैनिक र तिनका परिवारको उपस्थिति थियो । हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् भने हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार