मुलुक छोड्ने कल्पना पनि गरेको छैन् :- कांग्रेस नेतृ सुजाता कोइराला
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १६:९:३९
१५ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले देशले दिएको इज्जत र प्रतिष्ठाको गुन तिर्न धेरै बाँकी रहेको भन्दै आफुले मातृभुमि छोड्ने कल्पना समेत नगरेको बताएकी छन् । कोइरालाले आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै आफुले मुलुक छोड्ने भन्ने अफवाह कसैले चलाइएको बताइन् ।
कोइरालाले भनिन्– ‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो । मेरा लागि सबैभन्दा प्रिय यो देश हो म कसरी छाड्न सक्छु ? मर्नुपरे पनि नेपालमै मरौंला ।’ कोइरालाले मुलुक छोडेर बेलायतमा बस्ने तयारी गरेको भन्दै केही संचारमाध्याममा समाचार आएपछि कोइरालाले आफूलाई निकै इज्जत र प्रतिष्ठा दिने मुलुकलाई छाड्ने कल्पना पनि नगरेको स्पष्ट पारिन् ।
नेतृ कोइरालाले नेपाल र नेपालीको मायाले आफू क्यान्सरमुक्त भई नयाँ जीवन पाएको बताउदै भनिन्– ‘मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ । उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु । बाँकी जीवन पनि नेपाल र नेपालीको सेवामा समर्पित भइरहने छु ।’ नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुननसक्ने बताइन् ।
नेपाल सुन्दर भएपनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दुःख पाइरहेको उनको भनाई थियो । देश र जनताको सेवा गर्ने आफ्नो मन देखिको चाहना रहेको तथा उमेर बढ्दै जाँदा पनि सक्रिय जीवनयापन गरिरहेको उनको भनाई थियो । सामाजिक काममा आफू बढी केन्द्रित भएको र देशले आवश्यकता ठानेमा राजनीतिक नेतृत्व लिन पनि तयार रहेको बताइन् । आफूले निरंकुशतासँग देशमै बसेर लडेको स्मरण गराउँदै कोइरालाले देशका लागि अझै योगदान गर्न तयार रहेको बताइन् ।
आफूलाई नेपालमा जुन प्रतिष्ठा र इज्जत मिलेको छ त्यसको गुन तिर्न बाँकी रहेको बताइन् । नेतृ कोइरालाले भनिन्–‘मैंले पदमै बसेर मात्र शक्तिशाली भइन्छ भन्ने ठानेकी छैन, देशका लागि आफू जुन स्थानमा रहिन्छ त्यहींबाट पनि सेवा गर्न सकिन्छ ।’ सकारात्मक सोच र चिन्तनका साथ आफू नेपालमा बसेर सेवाभावका साथ सक्रिय भईरहने उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार