पाल्पाली उत्पादन बिक्रीका लागि पहिलो साझा सुविधा केन्द्र बन्दै
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १७:२५:३७
१५ फागुन, तानसेन । पाल्पाका नागरिकले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको बिक्रीवितरणमा सहज सुविधा पुर्याउन साझा सुविधा केन्द्र स्थापना हुने भएको छ । तानसेन नगरपालिका वडा नं ८ मदनपोखराको चाउरीपोखरामा करीब रु ३० लाखको लागतमा केन्द्र स्थापना गर्न लागिएको वडाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।
नगरपालिका र घरेलु तथा साना उद्योग समितिको साझेदारीमा केन्द्र स्थापना गर्न खोजिएको हो । भवन निर्माणका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले रु १० लाख विनियोजन गरेको छ भने नपुग नगरपालिकाले व्यवस्थापन गर्नेछ ।
भवन निर्माण तथा व्यवस्थापनका लागि दुर्गाबहादुर सारु अध्यक्ष रहेको ११ सदस्यीय समिति गठन गरिएको छ । गङ्गा सुनार संयोजक रहेको लेखा, लक्ष्मी विक संयोजक रहेको व्यवस्थापन तथा भण्डार र सारु संयोजक रहेको खरीद समिति गठन गरिएको छ ।
वडाध्यक्ष घिमिरेका अनुसार पाल्पामै एक मात्र साझा सुविधा केन्द्रमा कोसेली घरमा जस्तै स्थानीयस्तरमा उत्पादित पाल्पाली ढाका, चुरापोते, बेतबाँसबाट निर्मित सामग्रीलगायत बिक्रीका लागि राखिने व्यवस्थापन समितिका अध्यक्ष सारुको भनाइ छ ।
ढाका सङ्घ पाल्पाका सदस्य सारुले आफूले करीब ३०-३५ वर्षदेखि ढाकाको व्यवसाय गरे पनि अब बल्ल बिक्रीका लागि सहज हुने बताए । तरकारी खेतीका लागि मुख्य क्षेत्रका रुपमा परिचित माडी मदनपोखरा क्षेत्र नजीकै साझा सुविधा केन्द्र स्थापना गरेर स्थानीयस्तरको सीपको प्रचारप्रसार गर्नसमेत सजिलो हुने वडाध्यक्ष घिमिरेको भनाइ छ ।
उनका अनुसार स्थानीय कुखुरा, बेतबाँसका कुर्सी, टेबललगायत सामान, ढाका, चुरापोते, साडीमा बुट्टा भर्ने सीप भएका नागरिकको सीपको विकास गर्दै बिकी्र कक्ष राखेर बिक्री गर्ने र धेरै उत्पादन भए अन्यन्त्र बजारमा लैजाने व्यवस्था मिलाइने छ । स्थानीयस्तरका विभिन्न सामग्री नागरिकले उत्पादन गरे पनि बिक्रीका निम्ति सहज सुविधा नभएपछि निरुत्साहित भएका परिवेशमा सुविधा केन्द्र स्थापना हुने भएपछि उद्योगी व्यवसायी खुशी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार