अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २२:५०:३७
१५ फागुन एजेन्सी । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन् ।
कम्बाइन्ड फोर्सेज कमान्ड ‘संयुक्त सैन्य कमान्ड’ ले जारी गरेको पछिल्लो विज्ञप्तिमा कोरियाले कोरोना सङ्क्रमणको स्तर निकै गम्भीर मोडमा पुगेको जानकारी गराएकाले अर्को सूचना प्रकाशन नहुँदासम्म संयुक्त सैन्य अभ्यास स्थगित गर्नु परेको उल्लेख छ ।
कोरियाली प्रायःद्वीपमा आणविक अस्त्रको सम्भावित होडबाजीबीच सुरक्षाका लागि दक्षिण कोरियामा हाल संयुक्तराज्य अमेरिकाका करिब २८ हजार ५०० सैन्य तैनाथ छन् । अमेरिका बाहिर कोरियामा सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना तैनाथ छ ।
यद्यपी उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्ने र आणविक अस्त्र त्याग्न लगाउने प्रयास स्वरुप पछिल्ला केही समयदेखि संयुक्त सैन्य अभ्यासको संख्यामा कटौती गरिएका छन् । उत्तर कोरियाले भने विगत लामो समयदेखि अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै आएको छ ।
कोरियाली सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार अरु ५०० भन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । कोरोनाकै कारण कोरियामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । कोरियामा हालसम्म एक हजार ७७६ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रले जनाएको छ । चीनबाहिर यति ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएको कोरिया नै हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार