प्राप्त उपलब्धिहरु नै गुम्ने खतरा : उपराष्ट्रपति
नेपालबहस संवाददाता
फागुन १५, २०७६ शुक्रबार १:२१:५०
१५ फागुन, स्याङ्जा । स्याङ्जाको वालिङमा आयोजित नेपाल मगर संघको ३८ औं स्थापना दिवसको अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जुनसुकै राजनीतिक परिवर्तन भएपनि आर्थिक समृद्धि भएन भने राजनीति संस्थागत हुन केही अफठ्याराहरु आउन सक्ने बताएका छन् ।
मगर समुदायको स्थापना सँगै वालिङमा निर्माण गरिएको मगर गुमाष्ठा इम भवनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राजनीति सगै आर्थिकरुपमा केन्द्रित हुन सकिएन भने राजनीति संस्थागतमा अफठ्यारा दिनहरु आउन सक्ने बताएका हुन् । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सारा नेपालीको आर्थिक सामाजिक रुपान्तरणसहित समृद्ध नेपालको एजेण्डा पुरा गर्ने अभिभारा हामीले पुरा गर्नु पर्ने धारणा उपराष्ट्रपति पुनको थियो ।
मुलुक परिवर्तनमा सबै एकैसाथ अगाडी बढेकाले नै जनताले मुलुकको शासन सत्ता चलाउने मौका पाएको पुनले बताए । अहिले नेपाली राजनीतिमा चुलिँदै गएको खिचातानीतर्फ इङ्गित गर्दै उनले यस्तो परिस्थितिले देशलाई र समग्र उपलब्धिलाई नै सिध्याउने संकेत गरेका छन् ।
समावेसी व्यवस्थाले आदीवासी जनजाती र उत्पिडित जातीको शासनसत्तादेखी कर्मचारी प्रशासनमा सहभागीता हुने मौका पाएको छ उनले भने, “लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दै आजसम्म आईपुग्दा मुलुकले केही उपलव्धी हासिल गरेको छ ।” सिंहदरवारको अधिकार गाँउ गाँउमा, विकासका कार्यहरु अगाडी बढ्दै हरेक स्थानीय निकायले आफ्नो अधिकारको निर्णय आफै गर्ने अवसर पनि उपलव्धी हो उपराष्ट्रपति पुनले बताए ।
उपलव्धीलाई अझै संस्थागत गर्न बाँकी रहेको उनले बताए । नेपालको हरेक आन्दोलनमा मगर समुदायले देखाएको भुमिका गौरवलाग्दो रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले इमान्दार, देशभक्ति, विश्वासिलो र कर्मठ रहेको मगर समुदायको आफैमा गौरवमय इतिहास रहेको उनले बताए । सबै जातजातीका अझै पनि असन्तुष्ट हुनसक्छन् उपराष्ट्रपति पुनले भने,“बैधानीक संघर्ष चल्दै जाला तर सारा नेपालीको साझा एजेण्डा समृद्ध नेपाल बनाउनु हो ।”
हिमाल, पहाड, तराई र मधेश मिलेर बनेको हाम्रो मुलुक कला संस्कृतिले धनी भएपनि यसको संरक्षणमा सरकारको ध्यानाकर्षण समेत गरे । सरकारले घोषण गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन पनि विभिन्न जातजातीको कला संस्कृति, धर्म संस्कारको उत्तिकै दायीत्व रहेको बताउदै उपराष्ट्रपति पुनले यस्ता संस्कृतिलाई संरक्षण गर्न आग्रह गरे ।
मगर समुदायको ३८ औं स्थापना दिवसको अबसरमा देश विदेशमा रहने सबै मगर समुदाय लगायत गैह्र मगर समुदायलाई स्याङ्जाबाट शुभकामना सन्देश समेत दिएका छन् । नेपाल मगर संघका सल्लाहकार पुर्णबहादुर थापाले अझै पनि मगर समुदायको माग प्रति नेपाल सरकार सकरात्मक नहुनु चिन्ताको विषय भएको बताएका थिए । जिल्लाका विभिन्न गाँउपालिकाबाट मगर समुदाय र गैह्र मगर समुदायको सहभागिता रहेको थियो । उपराष्ट्रपति पुन फागुन १४ र १५ गते स्याङ्जामा नै रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार