ओलीविरुद्ध चार शीर्ष नेताको बानेश्वरमा गोप्य बैठक
नेपालबहस संवाददाता
फागुन १५, २०७६ शुक्रबार ५:६:९
१५ फागुन, काठमाडौं । बामदेव गौतमलाई सरकारी कोटामा राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको सर्वसम्मत निर्णयको मसी सुक्न नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भिर असहमतीले पार्टी भित्रको विवाद उत्सर्गमा पुगिरहेका बेला ओली इतरका शीर्ष चार नेताहरु नयाँ बानेश्वरस्थित सोमनाथ पाण्डेको घरमा यतिबेला गोप्य बैठक बसिरहेका छन् ।
नेकपामा विवाद बढेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा बसेको स्रोतले बताएको छ । बुधबार नेकपाको सचिवालय बैठकले गरेको निर्णय नमान्ने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो । सचिवालयको बैठकले वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाको सट्टामा गौतमलाई राष्ट्रियसभामा पठाउने सर्वसम्मत निर्णय गरेको थियो ।
तर, निर्णय भएको केही घण्टापछि नै ओलीले आफूले सचिवालयको त्यो निर्णय नमान्ने घोषणा गर्दै सरकारले खतिवडालाई नै पुनः मनोनित गर्न रापष्ट्रपति समक्ष सिफारिस पठाइसकिएको बताएका छन् । गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयको पक्षमा नौ सदस्यीय सचिवालयमध्ये सात जना गौतमको पक्षमा उभ्भिएका छन् भने विपक्षमा ओली र ईश्वर पोख्रेल मात्रै रहेका छन् ।
विवादले उग्र रुप लिँदै जाँदा पार्टी फुट्न सक्नेसम्मको अवस्था देखिएको छ । यदी प्रधानमन्त्री ओली आफ्नो अडानबाट पछि हटेनन् भने यही विवादले नेकपा दुई टुक्रा हुनबाट कसैले रोक्न नसक्ने गौतम निकट एक पोलिटव्यूरो सदस्यले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार