कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार ११:४२:३५
१६ फागुन एजेन्सी । चीनबाट सुरु भएको नयाँ कोरोना भाइरसको सङ्क्रमण अन्य देशहरूमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन ‘डब्लु एच ओ’का प्रमुखले उक्त सङ्क्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्।
चीन बाहिर फैलिएको सङ्क्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबभन्दा धेरै चिन्ताको विषय भनेका छन्।कुनै पनि देशले आफ्नो देशमा यो भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनले बताए। इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले उक्त भाइरसले के गर्न सक्छ भनेर देखाएको उनले बताए। तर ‘उचित उपाय’ अपनाए त्यसको प्रकोपलाई नियन्त्रण गर्न पनि सकिने देखिएको उनले बताए।
आ-आफ्ना देशमा पहिलो सङ्क्रमण देखिएका देशहरूले डटेर यसको सङ्क्रमण नियन्त्रण गर्न लागिपर्न उनले आह्वान गरे ताकि त्यो नफैलियोस्। चीनबाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ। विश्वभरि कुल ८० हजारभन्दा धेरै मानिस यसबाट सङ्क्रमित भएका छन्।
जापान र चीनबाट प्राप्त केही विवरणहरूमा थोरै सङ्ख्याका सङ्क्रमित मानिसहरू निको भइसकेको केही सातापछि पुनस्सङ्क्रमित भएको उल्लेख छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामीहरू निको भइसकेपछि पुनस्सङ्क्रमित भएको बताएका छन्।
बीबीसी न्यूजकी स्वास्थ्य सम्वाददाता फिलिपा रक्स्बी भन्छिन्, यस्ता सम्भावनाबारे वैज्ञानिकहरूलाई अझै धेरै कुरा थाहा भइसकेको छैन।चीन र जापानबाट आएका पुनस्सङ्क्रमित भएको विवरणका कैयौँ कारण हुन सक्ने उनले बताइन्। ‘पहिलो कारण त ती मानिसको शरीरमा भाइरस पूर्ण नष्ट नभइसकेको हुन सक्छ। दोस्रो कारण परीक्षणहरू पनि सधैँ सही हुँदैनन्।’
तथ्य के हो भने यी घटनाहरूबारे थप जानकारी प्राप्त भएपछि मात्र वैज्ञानिकहरूले यो भाइरसले भविष्यमा प्रतिरोधी क्षमता जगाइदिन्छ कि दिँदैन भनेर यकीन भन्न सक्छन्। यदि पुनस्सङ्क्रमण सम्भव छ भने, कतिपय विज्ञ भन्छन्, यस भाइरसले पनि मौसमी फ्लु वा रुघाखोकी जस्तो मौसमी आधारमा सङ्क्रमण गर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार