दिल्लीमा भड्किएको हिंसाप्रति यूएनएचआरसीद्धारा चिन्ता व्यक्त
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १३:२२:३३
१६ फागुन एजेन्सी । संयुक्त राष्ट्र मानव अधिकार परिषद् ‘यूएनएचआरसी’ले दिल्लीमा भड्किएको हिंसाप्रति चिन्ता व्यक्त गरेको छ । स्विजरल्याण्डको जेनेभामा परिषद्को ३४ औँ बैठकमा परिषद् प्रमुख मिसेल बाचेलेत जेरियाले भारतमा नागरिकता संसोधन कानुनलाई लिएर भएको हिंसाप्रति चिन्ता व्यक्त गरेकी छिन् ।
यसअघिको कश्मीर घटनाबाट भारत र पाकिस्तानबीच द्वन्द्व बढ्नु र अहिले फरक सम्प्रदायबीच हिंसा भड्किनुले विश्वकै मानवअधिकारको स्थितिमा समस्या ल्याउने भन्दै प्रमुख मिसेलले संयमता अपनाउन र हिंसालाई समाधान गर्न भारतलाई आग्रह गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
नागरिकतासम्बन्धी कानुनले मुस्लिम समुदायलाई विभेद गरेको भन्दै सुरु भएको आन्दोलनमा गएको आइतबारदेखि पक्ष र विपक्षबीच हिंसा भएको हो । दिल्लीमा भड्किएको हिंसामा अहिलेसम्म कम्तीमा ३७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अन्य दुई सयभन्दा धेरै घाइते भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीसहितका सबै दलका नेताहरुले शान्तिको अपिल गरिरहेका भए पनि हिंसा नघटेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार
रौतहटको गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी
मंसिर १७, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार