अन्तरिक्षमा ‘बिग ब्याङ्ग’ पछिकै ठूलो विस्फोट फेला
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १८:९:११
१६ फागुन एजेन्सी । वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेका छन्। पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनैपनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ।
एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन्। अन्तराष्ट्रिय समाचार एजेन्सी बीबीसीका अनुसिार सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो।
वैज्ञानिकहरूले यो विस्फोटसम्बन्धी निष्कर्ष ‘एस्ट्रोफिजिकल जर्नल’ मा प्रकाशित गरेका हुन्। वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए। यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ ले बाँधिएर रहेको मानिन्छ।
पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान गरेका थिए। ब्ल्याक होलहरू भेटेका पदार्थहरू निल्नका लागि प्रसिद्ध भएपनि तिनबाट फोहोराजस्तो गरी विचित्र मात्रामा ऊर्जा र पदार्थहरू उत्सर्जन हुनेगर्छन्।
तर वैज्ञानिकहरूले सुरुमा त्यो खोक्रो स्थानको भित्ता रहेकोमा शङ्का गरेका थिए किनकि त्यो खाडलजस्तो खोक्रो स्थान हाम्रो आकाशगङ्गा ग्यालेक्सीभन्दा १५ गुणा ठूलो थियो। र यसको अर्थ त्यहाँ भएको कुनै पनि विस्फोट अकल्पनीय रूपमा विशाल हुनु पर्ने हुन्थ्यो। तर अस्ट्रेलियाको ‘मर्चिसन वाइडफील्ड एर्रे’ र भारतको ‘जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप’ बाट प्राप्त
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार