‘युवराजजी’लाई हटाउन कुनै व्यापारीसँग छलफल गरेको छैन : प्रचण्ड
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १९:९:२५
१६ फागुन, भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत बुधबारको सचिवालय बैठकले गरेको निर्णय बमोजिम उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न थप दवाब दिने उद्येश्यले आफ्नो निवास खुमलटारमा गोप्य बैठक गरी चितवन पुगेका पुष्पकमल दाहालले पूर्वनिर्णय कार्यान्वयन हुनेमा जोड दिएका छन् ।
पार्टी कार्यक्रममा भाग लिन भरतपुर आइपुगेका प्रचण्डले बिमानस्थलमा भेला भएका सञ्चारकर्मीसँग भने- “सचिवालय बैठक कार्यान्वयन हुन्छ ।” प्रधानमन्त्री ओलीले एकदुई दिन भित्रै बामदेवजीलाई राष्ट्रियसभामा सिफारिश गर्नुहुनेमा मलाई पूर्ण विश्वास छ – उनले भने । सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गरे लगत्तै ओलीले कार्यान्वयन नगर्ने भन्दै चुनौती दिएपछि विकसित घटनाक्रमलाई इंगित गर्दै प्रचण्डले भने – ओलीजीको समस्या पनि बुझ्नुपर्छ हामीले ।
“अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो काम गर्नु भएको छ, उहाँलाई पनि निरन्तरता दिनुपर्छ, यी दुबै काम प्रधानमन्त्रीले गर्नु हुनेछ” – उनले भने । अर्थमन्त्रीको निरन्तरतामा कुनै समस्या छैन भन्दै उनले प्रधानमन्त्रीले दुबै काम मिलाएर गर्नु हुनेमा विश्वश्त रहेकाे उनकाे भनाइ थियाे ।
अर्थमन्त्री डा.खतिवडालाई रोक्न तपाईं लगायत नेताहरु केही व्यापारीको पु्च्छर बन्नु भएको प्रधानमन्त्रीको आरोपबारे के भन्नु हुन्छ भनी पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिंदै उनले भने – प्रधानमन्त्रीलाई कसैले गलत सूचना दिएको होला, मैले युवराजजीलाई हटाउन कुनै व्यापारीसँग कुनै छलफल गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार