गोकुलको प्रवक्ता प्रम ओली
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १९:३२:२३
१६ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपियाँ घूसको मोलमोलाई गरेको आरोपमा पदमुक्त भएका तत्कालिन सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रहेका गोकुलप्रसाद बाँस्कोटाको प्रतिरक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओली ओर्लिएपछि जनमानसमा थप आक्रोश बढेको छ ।
पार्टी पंक्तिलाई अरिंगाल बन्न आदेश गर्ने अध्यक्ष ओलीले हिजो त्यस्तै व्यवहार देखाए । राजधानीमा आयोजित नेकपा बागमतीस्तरीय कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अडियो टेप कुनै अनाडीले बेफ्वाँकमा ल्याएको दावी गर्दै भने – उक्त अडियो टेप गोकुलको होइन ।
अहिलेसम्म प्रमाणित नभएको उक्त टेपलाई आधार बनाएर गोकुललाई गालीगलौज नगर्नसमेत उनले कार्यकर्तालाई चेतावनी दिए । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले कतै उनी नै उक्त प्रकरणका सूत्रधार त होइनन् भन्ने प्रश्न उब्जाइ दिएको छ । म विरुद्ध पनि उजूरी हालेको पत्रपत्रिकामा पढें , त्यसो भए त्यो सबै पत्रु हो – ओलीले भनेका थिए । आफू विरुद्ध कसैले उजूरी हाल्दा पत्रु हुने उनको दम्भले पनि उनी शंकाको घेरामा तानिएका छन् ।
मेरो आवाज होइन भन्नेले खुरुक्क राजीनामा दिने की निष्पक्ष छानविनको माग राख्ने ? धेरैले यस्तो प्रश्न गरेका छन् । ओलीले बाँस्कोटालाई बचाउने आशयले यस्तो अभिव्यक्ति दिएपछि उनी विरुद्धको छानविन समेत प्रभावित हुने देखिएको छ । ओलीको लगौंटीका रुपमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई उनले आफ्नो चाहना बताइ सकेका छन् ।
त्यसैले अब बाँस्कोटालाई चोख्याउने प्रपञ्च रचिएको भनेर बुझ्न गाह्रो भएन – नेकपाकै एक नेताले बताए । यसैबीच प्रधानमन्त्री ओलीले निर्लज्ज ढंगले गोकुलको बचाउ गरेकोमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिरोध गरेका छन् । आज बिहान ट्वीटर ह्याण्डलमा उनले लेखेका छन् – प्रधानमन्त्रीज्यू तपाई गोकुलको प्रवक्ता नबन्नुहोस् ।
ट्वीटरमा प्रधानमन्त्रीलाई सुझाव पत्र भन्दै शर्माले लेखेका छन् – पूर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनुहोस् कृपया । घटनाको अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो भन्दै शर्माले लेखेका छन् – यी तीनवटै निकायको भारी बोक्दा प्रधानमन्त्रीज्यूलाई गाह्रो होला । अझ अडियो प्राविधिक परीक्षणसमेत यहाँले नै गर्ने ? शर्माले व्यङ्गात्मक शैलीमा लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार