चिकित्सक नुहँदा भेन्टिलेटर तथा आइसियु सेवा बन्द
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार १४:२७:३४
१७ फागुन सर्लाही । लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोगविहीन भएको छ । ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ । सेवा समेत प्रभावित बन्न पुगेको छ ।
प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको रु ३० लाख रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो । नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए । उनले भने “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गराऔँ । तर कार्यान्वयन भएको छैन । ”
सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न ल २०७० सालमा सो केन्द्र स्थापना भएको थियो । गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०-१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ । सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा बिरामीको चाप बढी छ ।
हालसम्म उपचार केन्द्रले करिब चार हजार ५०० बिरामीको उपचार गरी सकेको जनाएको छ । केन्द्रले बिरामीको सेवालाई मध्यनजर गर्दै २०७५ साल मंसिरबाट एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवासमेत रहेको केन्द्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको रु १२ लाखको आर्थिक सहयोगमा सोलार बत्ती तथा इन्भटर जडान गरी बिरामीलाई २४ सैँ घण्टा केन्द्रमा सेवा दिने तयारी समेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार