मलबिउ र वैदेशिक रोजगारीको माग राख्दै फेरि आमरण अनसन
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार २२:२२:५३
१७ फागुन, काठमाडौं । युवा अभियन्ता श्रीराम घिमिरे मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयका माग राख्दै आमरण अनसनमा बसेका छन् । दुई बुँदे माग अघि सार्दै उनी शनिवार फागुन १७ देखी शान्तिवाटिकामा आमरण अनसनमा बसेका हुन ।
उनले राज्यले २० रोपनी भन्दा कम जग्गा जमिन भएका नेपाली किसानलाई मलबिउ विजन निशुल्क ब्यवस्था र वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारलाई २० लाख क्षतिपुर्ती, वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा घाईते हुन पुगेका नेपालीहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका साथै पीडित परिवारको शिक्षा, स्वास्थ र रोजगारीको पूर्ण ग्यारेण्टि गर्नुपर्ने माग राखेका छन् ।
यो उनको तेस्रो आमरण अनसन हो । यस अघि उनी २०७४ साल कार्तिक ११ देखी १८ गतेसम्म शान्ती वाटिकामा पहिलो पटक आमरण अनसन बसेका थिए । देशमा चुनावको माहौल र स्वास्थ अवस्थाका कारण उनले अनसन तोडेका थिए । त्यस्तै, दोस्रो पटक उनी माइतिघर मण्डलामा २०७५ साल फागुन २५ गते आमरण अनसन बसेका थिए ।
तर प्रहरी हस्तक्षेपका कारण उक्त अनसन सोही दिन स्थगन भएको थियो । तेस्रो पटक अनसनमा बसेका घिमिरेले यो लडाईं समानताका लागि भएको बताउदै कुनै पनि हालतमा आफूले अघि सारेका माग पुरा गर्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार