कारोवार रकम ५ अर्ब नजिकै तर परिसुचकमा भने भारी गिरावट, हेराैं प्रविधिक विश्लेषण
नेपालबहस संवाददाता
फागुन १८, २०७६ सोमबार १:१६:५७
१८ फागुन, काठमाडाैं । कारोवार रकमले दिन प्रतिदिन रेकर्ड मारेको बेला आज भने नेप्से परिसुचकमा ठुलाे गिरावट आएको छ । तर कारोवार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ ।
साताको पहिलो कारोवार दिन नेप्से परिसुचक ४० दशमलव ८२ अंकले घट्दै १५९१ दशमलव ३६ को विन्दुमा बजार बन्द भएको छ । कारोवार रकम भने आज ५ अर्ब नजिकै पुगेको छ । आज १८३ कम्पनीको १ करोड २५ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कारोवार रकम ४ अर्ब ८४ करोड पुगेको छ ।
करेक्सनको बेलामा कारोवार रकम घट्दै जानु पर्ने ठाउँमा आज कारोवार रकम वृद्धि भएको छ । करेक्सनको बेलामा कारोवार रकम वृद्धि हुनुलाई त्यति सकारात्मक मानिदैन । आज फाईनान्स उपसुचक बाहेक सम्पूर्ण उपसुचकमा गिरावट आएको छ । आज उत्पादन तथा प्रशाेधन उपसुचकमा सर्वाधिक ५ दशमलव २१ प्रतिशतको गिरावट आएको छ ।
बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा १ दशमलव ७५ प्रतिशतको गिरावट आएको छ । आज शेयर खुलेबाट नै घट्न थालको थियो । त्यसपछि भने बजार निरन्तर घटेको थियो र बजार बन्द हुने बेला अर्थात २ बजेर ५८ मिनेटमा बजारले न्यून विन्दु समातेको थियो । आजको प्रवृत्तिलाई त्यति सकारात्मक मानिदैन ।
हेरौं, आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १६२५ पहिलो टेवा :
• १५८५ आज शेयरबजार केहि घटेको छ । बढ्दो शेयरबजार कहिले काहीं सच्चिनुलाई सकारात्मक मानिन्छ । दुई कारोबार दिनको मैनबत्तीले “बियरिस एन्गल्फिङ्ग” चित्र बनाएको छ ।
• यसले बजारमा आपूर्ती बढ्न सक्ने जानकारी गराउँदछ । दैनिकी अवधिमा “आरएसआई” ७९ दशमलब ५२ को बिन्दुमा छ।
• यो अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको जानकारी गराएको छ ।
• “एडिएक्स” तथा जोड-बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले हालसम्म बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ ।
• “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्ति सकारात्मक रहेको जनाएको छ ।
• नेप्से बढेमा पहिलो प्रतिरोध १६२५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १५८५ को क्षेत्रमा पाउने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार