कोरोना भाइरसका कारण होली मनाउँदा विशेष ध्यान दिन डाक्टरहरुको सुझाव
कुसुम सेञ्चुरी
फागुन १९, २०७६ सोमबार २२:३४:२२
१९ फागुन, काठमाडौं । यसबर्षको होली पर्व पनि नजिकिएको छ । नेपाली पात्रो अनुसार यहि फाल्गुण २९ गते होली पर्व परेको छ । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।
हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेतायुगसँग जोडिएको छ । त्रेतायूगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा हाेिलका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णुभक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
यो पर्वले वसन्त ऋतुको आगमनको शंखघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउदै शुभकामना आदान प्रदान गरेर मनाउछन् ।
यता चीनबाट फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरहरुले आग्रह गरेका छन् । होली मनाउँदा पानीमा भिज्दा तथा भीडभाडमा रङ्गअबिर दल्दा विशेष ध्यान दिन डाक्टरहरुले सुझावसहित आग्रह गरेका हुन् । पछिल्लो पटक विश्वका अधिकांश देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्छ ।
होली पर्वमा एकअर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टरहरुले बताएका छन् ।
यस्तै आइतबार बसेको मन्त्रीपरिषद बैठकमा पनि भीडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान र कुनै सभागोष्ठी नगर्न नगराउन आग्रह गरेको छ । नेपालमा अहिले कोरोनाको उच्चजोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि मन्त्रीपरिषद बैठकले आग्रह गरेकोे छ ।
सङ्क्रमण फैलिनु अगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ । यसवर्षको होली आउँदो हप्ता मनाईंदैछ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार