कञ्चनपुरकाे कृष्णपुरमा चार वर्षमा पनि बनेन पुल
नेपालबहस संवाददाता
फागुन १९, २०७६ मंगलबार ०:४५:१३
१९ फागुन, कञ्चनपुर । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा दुई पक्की पुल अलपत्र परेका छन् । एक वर्षभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले चार वर्ष बितिसक्दा पनि पुल निर्माण गर्न सकेको छैन ।
विसं २०७३ भदौमा स्थानीय खारखोला र ओदाल गाडमा पक्की पुल निर्माणको जिम्मा सन्तोष थेगिमले पाएको थियो । स्थानीयवासीले भने पुल निर्माणमा ढिलाइ हुँदा समस्या भइरहेको दुःखेसो पोखेका छन् । दोमिल्लाका स्थानीयवासी दीपक भण्डारीले पुल नभएकै कारण बर्षात्का बेला निकै समस्या खेप्नु परेको बताए । “पुल नबन्दा गाउँका बालबालिकालाई विद्यालय जानदेखि गाउँमा बिरामी हुँदा एम्बुलेन्स ल्याउनसम्म गाह्रो छ”, उनले भने, “एक वर्षमा बन्नुपर्ने पुल चार वर्षसम्म नबन्दा सरोकारवाला निकाय मौन छन् ।”
बुडर–नायल–बङ्क सकड खण्डअन्तर्गत ओदाल गाड र खारखोलामा निर्माणाधीन पुल निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । “राज्यको पैसा लगेर पुल बनाउन वास्ता नै नगर्ने ठेकेदारलाई छुट हुनु हुदैन”, स्थानीय वीरबहादुर साउदले भने, “सरोकारवाला निकायलाई दबाब दिँदा पनि सुनुवाइ भएको छैन ।”
बर्षात्का बेला चुरे क्षेत्रका खहरेखोला मिसिएर उक्त खोलामा बाढीको समेत समस्या हुने गरेको उनको भनाइ छ । सडक डिभिजन कार्यालयका सूचना अधिकृत लक्ष्मणदत्त जोशीले पुल निर्माणमा ढिलाइ भएकै कारण ठेकेदार कम्पनीले ठेक्काको दश प्रतिशत हर्जाना तिराएको बताए । “ठेकेदारले अहिले समय थपका लागि निवेदन दिएको छ”, उनले भने, “समय थप भएसँगै निर्माण अगाडि बढाउने भनिएको छ ।”
दुवै पुलको लम्बाइ ७० मिटर रहेको सूचना अधिकृत जोशीले बताए । ओदाल गाडको पुलमा रु आठ करोड ४७ लाखमा सम्झौता भएको थियो भने खारखोलाको पुलमा रु छ करोड ७९ लाखमा सम्झौता भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार