वडाध्यक्ष भारतीय भएको भन्दै उजुरी
नेपालबहस संवाददाता
फागुन १९, २०७६ मंगलबार ०:५८:३२
१९ फागुन, महोत्तरी । रामगोपालपुर नगरपालिका–५ का वडाध्यक्ष जीतेन्द्र चौधरी भारतीय नागरिक रहेका भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । रामगोपालपुर–८ बस्ने हरिश्चन्द्र ठाकुरले वडाध्यक्ष चौधरी भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको हो ।
उजुरीकर्ता ठाकुरले उजुरीसँगै भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी तथा उहाँका बुबाको नाम उल्लेख भएको छायाकपी र उनले २०१९ मा भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा भोट खसालेको प्रमाणसमेत पेश गरेको छ ।
स्थानीय तहको निर्वाचनमा वडा नं ५ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष चौधरीसँग दोहोरो नागरिकता रहेको भन्दै ठाकुरले सप्रमाण एक महिना पहिले नै उजुरी दर्ता गराए पनि त्यस उजुरीमाथि हालसम्म कुनै कारवाही नभएको उजुरीकर्ता ठाकुरले आरोप लगाएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वडाध्यक्ष चौधरीविरुद्ध निवेदन आएको र सो निवेदनमाथि आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार