हात्ती आक्रमणका कारण राजविराजमा दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार २१:४४:१४
♦ धीरुभाइ
२०, फागुन, राजविराज । दुई दिनअघि गाईबाख्रा चराउन जङ्गल गएकी एक महिलालाई हात्ती आक्रमणबाट मृत्यु भएको अवस्थामा आज जंङ्गलमा फेला पारेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अग्निसाईर कृष्णसबरण गाउँपालिका १ भवानीपुर वस्ने वर्ष ५५ की मजादेबी सरदार रहेकी छिन् । हात्तीले मारेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । गत आइतबार सो गाउँपालिकाको गिसाखोला जंगलमा गाई र बाख्रा चराउन गएकी मजादेवी घर नफर्किएपछि आफन्तले खोजतलास गर्दै जाँदा मंगलबार बिहान मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।
यता तीन दिन अघि गत शनिबार जङ्गली हात्तीको आक्रमणबाट जिल्लाको कञ्चनरुप नगरपालिका ५ पथरी टोल बस्ने ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको मृत्यु भएको थियो । कोसी टपु वन्यजन्तु आरक्षभित्र जंगलमा घाँस र दाउरा काट्ने क्रममा आरक्षका जङ्गली हात्तीले मुखियालाई आक्रमण गरेको थियो । हात्तीले आक्रमण गरेको उनको घटना स्थलमा नै मुत्यु भएको थियो । यस घटना बिर्सन नपाउँदै फेरि अर्को महिलाको हात्ती आक्रमणमा परी मृत्यु भएपछि जिल्लाको पूर्वी भेगका बासी त्रसित भएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार