काठमाडौंमा मास्कको चरम अभाव र कालोबजारी, सरकार मौन
कुसुम सेञ्चुरी
फागुन २०, २०७६ बुधबार ०:५०:४२
♦ कुसुम विश्वकर्मा
२० फागुन काठमाडौं । फागुन महिनाको अन्त हुन लागिसकेको छ । अब चिसो विस्तारै हट्दै जाने र गर्मीयाम शुरु हुने बेला भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रि–मनसुन शुरु भएकाले बिहान सामान्यतया मौसम सफा रहेपनि दिउँसो तथा साँझबाट देशैभरका केही भू–भागमा हल्का बर्षाको सम्भावना रहेको छ । तर यो मौसम बदलीसँगै अहिले चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण काठमाडौँ उपत्यकामा मास्क नलगाई हिँड्ने मानिसहरु भेटिन प्रायः कठिन छ तर बजारमा मास्क पाउनै मुक्किल भएको छ ।
एकताका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाइरहनु नपर्ने बताएका थिए । गत महिना नेपाल सरकारले कोरोना भाइरस पीडित चीनलाई एक लाख थान मास्क सहयोग स्वरुप हस्तान्तरण गर्यो । त्यसयता काठमाडौंमा मास्कको हाहाकार हुन थालेको हो । बजारमा मास्क सकिएको भन्दै व्यापारीले साधारण मूल्यभन्दा ८ देखि १० गुणा बढी मूल्य उपभोक्तासँग ठटाउन थालेका छन् ।
चीनमा मास्क किन्न नै नपाउने अवस्था आएपछि चिनियाँहरुले नै मेडिकलबाट महंगो मुल्य तिरेर मास्क उठाइरहेका हुन् । उता कोरोना संक्रमणको त्रास फैलिएपछि जनवरी ३० तारिखबाट भारतले पनि नेपालमा मास्क निर्यात रोकेको छ । जसले गर्दा भन्सारमा आईपुगेका मास्क पनि भारतले जाँचपास गरेको छैन ।
चीन हुँदै विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि अहिले त्यसैको बाहानामा नेपाली बजारमा समेत बजारमा मास्कको चरम अभाव भएको हो । यदि तपाईले मास्क किन्ने नै भए ‘ब्ल्याक मार्केट’मा मात्र पाइन्छ । तपाईंले १० रुपैयाँको एउटा मास्कलाई ५० रुपैयाँसम्म तिर्नुपर्ने हुनसक्छ । औषधी व्यवसायीहरुका अनुसार बजारमा पाइने विभिन्न थरीका मास्कमध्ये प्रोटेक्टिभ एवं मेडिकल माक्सको चरम अभाव भएको छ । तर पछिल्लो समय नेपालमै बन्ने कपडाको साधारण मास्कदेखि पेपरमास्क र विदेशबाट आयात हुने प्रोटेक्टिभ एवं मेडिकल मास्क गरि सबैखाले माक्सको अभाव देखिएको मेडिकल संचालकहरुले बताएका छन् ।
विश्व स्वास्थ्य सगठनले नेपालमा पनि कोरोनाको संक्रमण उच्च रहेको बताएपछि फुटपाथमा बेचिने कपडाको मास्क पनि अहिले हत्तपत्त भेटिन छाडेको छ । होलसेलबाटै महंगोमा खरिद गर्नुपरेको दावी साना व्यापारीले गरिरहेका छन् भने होलसेलरहरुले मास्क नै मौज्दातमा नरहेको दावी गरिरहेका छन् । तेसो त ९५ प्रतिशत मास्क भारत, बंगलादेश र चीनबाट नेपालमा आयात हुने गरेको छ । ५ प्रतिशत हाराहरीको सामान्य खालका मास्क मात्रै नेपालमा उत्पादन हुन्छ । सर्जिकल वा मेडिकल मास्क तथा एन ९५ मास्क भने विदेशबाटै आयात हुने गरेको थियो । अझ रोचक कुरा त के छ भने बिगतमा चीनबाट आयात भएका मास्क कालोबजारी हुँदै चीन नै फर्किन थालेको छ ।
नेपालमा बस्ने चिनियाँहरु नै होलसेलर र खुद्रा विक्रेता (मेडिकल) सम्म पुगेर भएजति मास्क उठाउँदैछन, त्यो पनि बजारको मूल्यभन्दा दशौं गुणा बढी तिरेर । उनीहरुले यस्तो मास्क चीन फर्किने यात्रुलाई मात्रै हैन, कुरियर गरेर चीनमा पठाइरहेको सर्वप्रथम नेपालबहस डटकममा प्रकाशित गरिएको थियो । चीनमा मास्क किन्न नै नपाउने अवस्था आएपछि चिनियाँहरुले नै मेडिकलबाट महंगो मुल्य तिरेर मास्क उठाइरहेका हुन् । उता कोरोना संक्रमणको त्रास फैलिएपछि जनवरी ३० तारिखबाट भारतले पनि नेपालमा मास्क निर्यात रोकेको छ । जसले गर्दा भन्सारमा आईपुगेका मास्क पनि भारतले जाँचपास गरेको छैन ।
मास्कको चरम अभाव र कालोबजारी मौलाइरहँदा पनि सरकारले हस्तक्षेपकारी भूमिका खेल्न सकेको छैन । औषधि व्यवस्था विभाग पनि माक्समा भएको कालोजारीलाई टुलुटुलु हेरेको बसेको छ । तर, कालोजारी गरेको भए त्यसको नियन्त्रण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्नुपर्ने हो, त्यो पनि हुन सकेको छैन् ।
चीनमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि नै नेपालमा सर्जिकल मास्कको व्यापार ह्वात्तै बढेको थियो । केही दिनअघिसम्म सामान्य किराना पसलदेखि क्लिनिकहरुमा सहज रुपमा पाइने सर्जिकल मास्क कोरोना भाइरसको त्रास फैलिएपछि अभाव हुन थालेको हो ।
तेसो त विभागले बजारमा उपलब्ध मास्क कसरी बिक्री वितरण भइरहेको छ भनेर हेर्नु अहिलेको समयमा अति महत्वपूर्ण कुरा हो । काठमाडौंको धुवा, धुलो र प्रदुषणबाट तत्काल मुक्तिका लागि मास्क लगाउनु पर्ने बाध्यता त थियो नै पछिल्लो समय कोरोना भाइरसले मास्कको बजार मुल्य एक्कासी उच्च बनाइदिएको छ ।
छिमेकी मुलुक चीनबाट महामारीको रुपमा संसारभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण काठमाडौंमा मास्कको कृतिम अभाव श्रृजना गर्न थालिएको छ । । चीनमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि नै नेपालमा सर्जिकल मास्कको व्यापार ह्वात्तै बढेको थियो । केही दिनअघिसम्म सामान्य किराना पसलदेखि क्लिनिकहरुमा सहज रुपमा पाइने सर्जिकल मास्क कोरोना भाइरसको त्रास फैलिएपछि अभाव हुन थालेको हो ।
कोरोना भाइरस श्वासप्रश्वासको माध्यामले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले यसबाट जोगिनका लागि मास्कको अनिवार्य प्रयोग गर्न स्वास्थ्य अधिकारीहरुले बारम्बार उर्दी जारी गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि केही दिन अगाडी नै नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको दावी गरेपछि अहिले आतंक नै मच्चिएको छ ।
यदि तपाई नियमित रुपमा मास्कको प्रयोग गरिरहनु भएको छ भने सर्जिकल मास्कको व्यापार गर्ने सर्जिकल हाउसले समेत कोरोना भाइरसको त्रास फैलिएपछि मास्कको कृृतिम अभाव सिर्जना गरेको अवगत नै होला । यसरी कोरोनाले नेपालमा आतंक मच्चाउन थालेपछि नेपालमा प्रयोग हुने मास्कको गुणस्तरियता मापनमा समेत सरकारले ध्यान दिएको छैनन भने आमनागरिक कस्तो मास्कले कोरोना भाइरसलाई प्रतिरोध गर्न सकिन्छ भन्ने विषयमा अनविज्ञ रहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार