पूँजी बजारले नरुचाएको अर्थमन्त्री खतिवडा, शपथ नलिँदै नेप्सेमा उच्च गिरावट
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १८:८:५२
२१ फागुन, काठमाडौं । पुनः नियुक्त भएर अर्थमन्त्रीले शपथ नखाँदै शेयरबजारमा भारी गिरावट आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्रालयबाट बाहिरने संकेत मिलेपछि दिनहुँ रेकर्ड ब्रेक गर्दै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १६०० अंक काटेको थियो । तर, पुनः उनी नै अर्थमन्त्री नियुक्त भएपछि बजारमा उच्च गिरावट आउँदै आज १२:२० नहुँदै बजार २७ अंकले घटेर १४८२ अंकमा आइ काराेबार भइरहेकाे छ ।
अर्थमन्त्री र अर्थमन्त्रालयले चाल्ने हरेक कदमका कारण नेपाल स्टक एक्सचेन्जमा सिधै असर गरिरहेको छ । खुल्ला पूँजी बजार भनिएता पनि नेकपा समर्थित अर्थमन्त्री र उनकाे मन्त्रालयको छायाँ जस्तो बनेको नेप्से डा. युवराज खतिवडाको पुनरागमन सँगै तीब्र गतिमा ओह्रालो लागेको छ । पछिल्लाे समय उनले नेपाल राष्ट्र बैंकमा समेत हस्तक्षेप बढाउँदा त्यसकाे नकारात्मक सन्देश बजारमा गएकाे छ ।
लगानीकर्ताको भावना र माग बमोजिम समन्वयकारी भूमीका खेल्न नसकेका डा. खतिवडालाई पूँजीबजारले भने रुचाएको छैन । लगानीकर्ता र पूँजी बजारकाे समस्या समाधान गर्न उनले खासै रूची दिएका छैनन् । उनकाे आगामी कार्यकालमा पूँजी बजारका समस्याहरू समाधानका उपायहरू निस्कन सक्छन् या सक्दैनन त्याे भने गर्भमा नै रहेकाे छ ।
अर्थमन्त्रीमा डा. खतिवडाको पुर्ननियुक्तिको समाचार फैलिएपछि घटेको शेयरबजारका एक खेलाडीले आक्रोशपूर्ण प्रतिक्रिया जनाएका छन् । सन्तनु रेग्मी नामक एक शेयर खेलाडीले आफ्नो फेसबुक वालमा लेख्छन् “लौन सरकार झुटै भएपनि खतिवडाको बर्हिगमनको समाचार बाहिर ल्याईदेउन एकपटक, म यो शेयर बेचिदिई हाल्थे र तिम्रो शासन रहुन्जेल कहिल्यै शेयर भन्ने कारोबार गर्दैनथे ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार