ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच “सौहार्द्रपूर्ण वार्ता”
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बिहिबार २:१९:३८
२१ फागुन एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै “सौहाद्र्रपूर्ण” वार्ता भएको घोषणा गरेका छन् ।अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरु रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो ।
ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले नै सबैभन्दा पहिलो समाचार सार्वजनिक गरेको थियो । यो फोनवार्ता करिब ३५ मिनेट भएको थियो । तालिबानसँग कुरा भएको बारेमा वासिङ्टनमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति ट्रम्पले पुष्टी ग।ेका थिए। विगतमा पनि फोनमा कुराकानी भएको थियो कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूले यस बारेमा केही बताउन नसक्ने जानकारी दिए ।
“तालिबानका नेतासँग आज निकै राम्रो मैत्रीपूर्ण कुराकानी भएको थियो । मुल्लाहसँगको मेरा सम्बन्ध निकै राम्रो छ । हामीले आज लामै कुराकानी गरेका छौँ । उनीहरु ९तालिबान समूह० हिंसा रोक्न चाहन्छन् ।” यद्यपी, गत शनिबार दुवै पक्षबीच युद्धविराम गर्ने र अमेरिकी सेना फिर्ता गर्नेजस्ता विषय समेटिएको सम्झौता गरिए पनि अफगानिस्तानभित्र केही हिंसात्मक झडप भएका छन् । हिंसाका कारण आगामी मार्च १० मा शुरु हुने विद्रोही पक्ष र अमेरिका–समर्थित काबुल सरकारबीचको वार्तामा अन्यौल सिर्जना गरेको छ ।
राष्ट्रपति ट्रम्पले तालिबानसँग भएको शान्ति सम्झौता विगत दुई दशकदेखि जारी हिंसा अन्त्य गर्ने उपायस्वरुप गरिएको बताए । कतिपयले राष्ट्रपतिको आगामी नोभेम्बरमा हुन लागेको चुनावका अघिल्तिर यस्तो सम्झौता गरिएको र त्यसबाट राष्ट्रपतिलाई चुनावमा फाइदा पुग्ने अनुमान गरेका छन् ।
सम्झौताबमोजिम तालिबानले सुरक्षा प्रत्याभूति दिएको अवस्थामा १४ महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनेछ । साथै अफगान सरकारले जेलमा रहेका पाँच हजार तालिबानी लडाकूलाई मुक्त गर्नेछ भने तालिबानको कब्जामा रहेका एक हजार सैनिक मुक्त हुनेछन् । तर अफगान राष्ट्रपति असरफ घानीले अफगानिस्तानमा रहेका कैदीबन्दीको विषय अफगान सरकारको अधिकार क्षेत्रभित्रको भन्दै कैदी मुक्त गर्न कठिन हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार