प्रधानमन्त्री ओलीको ‘अवस्था राम्रो, दोहोरो बोल्न थाले’
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १७:३८:४९
२२ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको हाे ।
मिर्गौला प्रत्यारोपण गरे लगतै प्रधानमन्त्री ओलीको होस बुधवार साँझमै आएको र अहिले उनी अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा भएको चिकित्सकहरूले बताएका छन् । प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्रायः निदाउने गरेका छन्। तर बिउँझिएका बेला उनी चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा भएको डा. ज्ञवालीले बताए। रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको बताइएको छ।
उनका अनुसार प्रत्यारोपित मिर्गौलाले कस्तो पिसाब बनायो भन्ने कुराबाट बिरामीको अवस्था राम्रो वा नराम्रो थाहा हुन्छ।साधरणतया मानिसले २४ घण्टाको अवधिमा डेढदेखि दुई लिटर पिसाब फेर्छन्। प्रधानमन्त्री ओलीले झन्डै ११ लिटर पिसाब फेरिसकेका छन्। अहिले आराम गरिरहेका ओलीको अवस्था सुधार भएसँगै उनकाे। शरीरले झोल पदार्थ सहजै रूपमा लियो भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।
हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार