नेतृत्वविहीन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्ति
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २१:५०:३१
२२ फागुन, कञ्चनपुर । विश्वविद्यालयको केन्द्रीय कार्यालय साढे नौ महिना तालाबन्दीको शिकार बन्यो । नेपाल विद्यार्थी सङ्घदेखि नेपाल प्राध्यापक सङ्घसम्मले विभिन्न माग र असन्तुष्टि राख्दै तालाबन्दी र दबाब दिइरहँदा विश्वविद्यालय केही समय नेतृत्वविहीन तथा विवादित पनि बन्यो । साढे नौ महिनापछि गत माघ दोस्रो साता नेवि सङ्घले तालाबन्दी खोलेको थियो ।
तत्कालीन अवस्थामा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारलाई विनाकारण जिम्मेवारीबाट मुक्त गर्दै कार्यावधि छँदै नयाँ उपकुलपति र रजिष्ट्रारलाई कायममुकायम दिइएको विरोधमा नेविसङ्घ आन्दोलित थियो भने प्राध्यापक सङ्घ विश्वविद्यालय परीक्षा नियन्त्रकदेखि अन्य नियुक्तिमा असन्तुष्ट रहँदै आएको थियो । झण्डै चार महिना विश्वविद्यालय नेतृत्वविहीन रहेको थियो ।
विवाद र नेतृत्वविहीन भएकै कारण विश्वविद्यालयको सिनेटसमेत बस्न सकेन । केन्द्रीय कार्यालयका कर्मचारी कामविहीन थिए । सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा डा अम्मरराज जोशीलाई उपकुलपतिमा नियुक्त गरेसँगै यहाँका शैक्षिक अवस्थामा सुधार आई विश्वविद्यालय लयमा फर्किने आशा गरिएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन पद्मकान्त जोशीले विश्वविद्यालयले अब गति पाउनेमा आशावादी रहेको बताए । “विश्वविद्यालयको सभा नै बस्न नसकेको अवस्था थियो”, डीन जोशीले भने, “अब सभाबाट नीति तथा कार्यक्रम पारित भएर अगाडि बढ्नेमा विश्वस्त छौँ । विभिन्न नीतिगत निर्णय हुन नसक्दा कामहरु प्रभावितसमेत बने ।” उनले भने, “विश्वविद्यालयको गति बढाउन सबै सहयोगी बन्न आवश्यक छ ।”
तत्कालीन उपकुलपति प्रा भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टलाई सरकारले २०७५ साल पुस २७ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेको थियो । विसं २०७५ चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डीन डा गोविन्द विष्टलाई रजिष्ट्रारको जिम्मेवारी दिइएको थियो ।
जिम्मेवारी दिइएका चन्दको अवधि गत मङ्सिरमा सकिएको थियो भने रजिष्ट्रार विष्ट जिम्मेवारीमै छन् । नेवि सङ्का निर्वतमान केन्द्रीय सदस्य कैलाश चन्दले नयाँ उपकुलपतिको नियुक्तिसँगै विश्वविद्यालयभित्र देखिएका विकृति तथा विसङ्गति हट्नेमा आशावादी रहेको बताए । “नयाँ नियुक्त हुनुभएका जोशी शिक्षा क्षेत्रको परिचित व्यक्तित्व हुन्”, उनले भने, “उनीसंग विश्वविद्यालयलाई गति दिएर हाँक्न सक्ने क्षमता भएकाले पनि धेरै सुधार हुने अपेक्षा विद्यार्थीदेखि प्राध्यापकसम्मको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन
माघ १०, २०८१ बिहिबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार