काेरोनाका बिरामी अस्पतालको झ्यालबाट हामफालेर फरार
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २२:५:२७
२२ फाल्गुण, काठमाडौं । कोरना भाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा राखिएका एक नेपाली हिजो राती भागेका छन् । दक्षिण कोरियामा रही रोजगारी गरिरहेका ती नेपाली हिजो मात्र स्वदेश फर्केका थिए ।
विमानस्थलमा चेकजाँच गर्दा उनमा संक्रमण भएको आशंका गरिएपछि टेकु अस्पतालमा आइसोलेशनका लागि राखिएको थियो । उनको स्वास्थ्य प्रतिवेदन आउनु अघि नै गएराति अस्पतालको झ्यालबाट फालहानी भागेका हुन् ।
यसबारे महानगरीय प्रहरी परिसरमा खबर भएपछि प्रहरी टोली खोजविनका लागि खटिएको छ । नाम उल्लेख नगरिए पनि उनी सुनसरीको इटहरी निवासी भनिएको छ । प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको छ । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ । यसअघि पनि टेकु अस्पतालबाटै एकजना फरार भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार