इद्लिबमा हिंसा बढेपछि टर्की र रुसबीच युद्धविरामको सहमति
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २०:४२:५
२३ फागुन एजेन्सी । रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ । मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने अवस्था रहेकाले पछिल्लो समयमा जारी रहेका झडपहरुलाई पनि रोक्ने उद्देश्यले शुक्रवारदेखि युद्धविराम लागू भएको जनाइएको छ ।
सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा हिंसा बढेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्की समकक्षी रेसेप तायिप एर्डोगानबीच यो सम्झौता भएको समाचारमा जनाइएको छ । उत्तरपश्चिमी सिरियामा आङ्कराले मस्कोको समर्थनमा रहेका सरकारी सेनासँग संघर्ष गरिरहेका थिए । यस प्रान्तमा जारी रक्तपातको कारण करिब १० लाख नागरिक आफ्नो घर छोडेर भागेका छन् । जारी हिंसाको कारण दर्जनौं टर्की सेना मारिएका बताइएको छ । पुटिन र एर्डोगानबीच ६ घण्टा भन्दा बढी समय वार्तापछि शुक्रबार मध्यरातदेखि युद्धविरामका लागि सहमति भएको बताइएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो सम्झौताले पश्चिमी सिरियामा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने र दुश्मनीलाई तत्काल र चिरस्थायी समाप्तिमा पु¥याउने आशा व्यक्त गरेको उनका प्रवक्ताले बिहीबार प्रकाशित एक विज्ञप्तिमा बताए । मध्यराति भन्दा केही समयअघि मात्र बम विष्फोट भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ । युद्धविराम लागू भएपछि यस क्षेत्रमा सामान्यतया शान्त रहेको पनि अब्जरभेटरीले जानकारी दिएको छ ।
बेलायतस्थित प्रमुख कार्यालय रहेको यस मानवअधिकारवादी समूहले रुस र सिरियाली हवाई हमलाहरू रोकिएको जनाएको छ । तर इद्िलबको सीमावर्ती अलेप्पो र हमाको इलाकामा जिहादीहरूको नियन्त्रणमा रहेको इलाकामा विद्रोही समूहको स्थितिमा सिरियाली सरकारी सुरक्षाबल गोलाबारी गरेको जनाइएको छ ।
सिरियाको नौ वर्षको गृहयुद्धको क्रममा विद्रोही गढ इद्लिबको अवस्था नाजुक भएको थियो । किनकि पहिलो पटक राष्ट्रपति बसर अल असादको फौजको बिरूद्ध प्रत्यक्ष आक्रमण भएको थियो । संयुक्त प्रेस सम्मेलनमा यस सम्झौताले इद्लिबमा लडाई समाप्त गर्ने राम्रो आधारको रुपमा काम गर्ने राष्ट्रपति पुटिनले बताए ।
टर्कीले दमासकसको कुनै पनि हमलाबिरूद्ध आफ्नो सम्पूर्ण शक्तिसँग बदला लिने अधिकार सुरक्षित गरेको एर्डोगानले बताए । सम्झौताले उत्तरी सिरियाको कि एम४ राजमार्गमा सुरक्षा मार्ग पनि निर्माण गर्नेछ, जहाँ टर्की र रूसी सेनाले मार्च १५ देखि संयुक्त गस्ती सुरु गर्नेछन् ।
सिरियामा सन् २०११ को मार्च महिनापछि यहाँका राष्ट्रपति बसर अल असदको राजिानामा माग गर्दै शुरु भएको आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौं आफ्नै देश र छिमेकमा पर्ने देशहरुमा शरणार्थीका जीवन विताइरेहका छन् । यसैक्रम सिरियामा जारी युद्धको कारण करिब ३६ लाख व्यक्ति टर्कीमा शरणार्थी जिवन यापन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार