प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, यसै साता डिष्चार्ज गर्ने तयारी
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार २३:२२:३६
२५ फागुन काठमाडौं । मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भएपछि उनलाई यसै साता डिष्चार्ज गर्ने तयारी गरिएको छ ।
आइतबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउदै शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताउदै यसै साता डिष्चार्ज गरिने बताए ।
प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको र नियमित डिँहडुल गराउन थालिएको उनले बताए । डा खड्काले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको बताए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आइतबार इजरायल, फ्रान्स र युरोपियन युनियनका राजदूतहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको बताए । प्रधानमन्त्री ओलीको गत बुधबार शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार