काेराेनाबाट बच्न बारम्बार साबुन पानीले हात धुन डब्लुएचओकाे सुझाव
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार १४:४३:५३
२५ फागुन काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले कोभिड नाईन्टिन अर्थात कोरोना भाइरसबाट सुरक्षित रहनका लागि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।
सङ्गठनले कोरोनाबाट जोगिन साबुन पानीले हात धुनुलाई पहिलो सुरक्षाको रुपमा लिएको छ । हातले नाक, मुख तथा आँखामा बारम्बार छोईने भएकोले बारम्बार साबुन पानीले हात धुन सङ्गठनले आग्रह गरेको छ ।
यस्तै डब्लुएचओले अर्को ब्यक्तिसँग कम्तीमा एक मिटर टाढा रहन आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा र्यालसँगै कोरोना भाइरस सर्ने भएकोले सबै मानिससँग दूरी कायम गर्नु उचित हुने सङ्गठनको भनाई छ ।
आफ्नो नाक, मुख तथा आँखा बारम्बार छोइरहने बानी धेरै मानिसको हुने भएकाले त्यस्तो बानी हटाउन पनि डब्लुएचओको आग्रह छ । डब्लुएचओले श्वासप्रश्वास सम्बन्धीत समस्या भए नभएको बारेमा सचेत रहन तथा खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्न आग्रह गरेको छ ।
सिँगान पुछेको वा हाछ्युँ गर्दा प्रयोग गरेको कागज बन्द रहने भाँडोमा फ्याँक्न वा रुमाल भएमा बारम्बार धुन सुझाव दिएको छ । यस्तै ज्वरो, खोकी वा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएमा कार्यालय वा घरबाहिर नगई घरमै बस्न सल्हाह दिएको छ ।
कोरोना भाइरस चाँडो सर्ने रोग भएकोले आफ्नो बानी व्यववहारमा सचेत रहन तथा समस्या देखिनासाथ स्वास्थ्य कार्यालयमा जान र सल्लाहअनुसार औषधि खाएर घरमै आराम गर्न विश्व स्वास्थय सङ्गठनले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार