सुनकोशीमा सामुदायिक घरवास सञ्चालन हुँदै
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २०:५:२९
२७ फागुन, मेलम्ची । घरवास प्रवद्र्धन गर्ने उद्देश्यले सुनकोशी गाउँपालिका–३ कालिकामा सामुदायिक घरवास ‘होमस्टे’ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा घरवास सञ्चालनका लागि सामुदायिक भवन निर्माण शुरु भएपछि कालिकामा खुशियाली छाएको छ ।
एक कार्यक्रमबीच प्रदेशसभाका अर्थ तथा विकास समिति सभापति सुरेश नेपालले कालिकास्थित उखुबारी सामुदायिक घरवासका लागि भवन शिलान्यास गर्नुभएको छ । सुनकोशी किनारको सुकुटे क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका बेला कालिकामा घरवास सञ्चालनको तयारी गरिएको हो ।
पर्यटन विकासकै आधारबाट समृद्ध कालिका निर्माणका लागि घरवासको अवधारणा अघि सारिएको स्थानीय अगुवा एवम् उखुबारी सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम प्याकुरेलले बताएका छन् ।
घरवासका लागि सामुदायिक भवन शिलान्यास गर्दै नेपालले पर्यटनलाई जनताका जीवनसँग जोड्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । “माझी संस्कृति र मगर संस्कृति उखुबारी घरवासका लागि महत्वपूर्ण छ, पर्यटकलाई सत्कार गर्दै यहाँको संस्कार देखाउन पर्छ”, उनले भने ।
स्थानीय उत्पादनमा जोड दिँदै प्रकृति तथा पर्यावरण संरक्षण गर्दै उखुबारी सामुदायिक घरवास सञ्चालन गरिने पर्यटन व्यवसायी पुष्पराज पराजुलीले बताए । व्यवस्थित र नमूना घरवासका लागि वडा तहबाट आवश्यक नीति योजनाका साथ अघि बढ्ने वडाध्यक्ष रामहरि खड्काले बताएका छन् ।
वाग्मती प्रदेश सरकारले यस वर्ष उखुबारी सामुदायिक घरवासका लागि भवन निर्माणको शीर्षकमा रु १५ लाख रकम विनियोजन गरेको थियो । सामुदायिक घरवासका लागि दिव्यदृष्टि कन्सल्टेन्सी प्रालिले गुरुयोजना तयार गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
निकुञ्ज हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
माघ ८, २०८१ मंगलबार
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार