हाँडीकोट : पर्यटकका लागि ‘भर्जिन डेस्टिनेसन’
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २१:३८:४२
२७ फागुन, बागलुङ । जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँडीकोट धुरीको प्रचारप्रसारका लागि स्थानीय युवाले सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता बढाएका हुन् ।
हाँडीकोटको विकासका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि विविध गतिविधि सञ्चालन गर्ने योजनामा रहेको हाँडिकोट सामुदायिक विकास केन्द्रका अध्यक्ष नगेन्द्र श्रीसले बताए । जैमिनी नगरपालिका–१० राङखानीमा पर्ने धुरीको प्रचारका लागि केन्द्रले प्रथम हाँडीकोट महोत्सव सम्पन्न गरेको छ ।
फागुपूर्णिमाको अवसरमा केन्द्रले समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइमा पहिलोपटक महोत्सव गरेको हो । महोत्सवमा नगरपालिका र बरेङ गाउँपालिकाका सर्वसाधारणलगायत जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको श्रीषले बताए । “हामीले हाँडीकोटको प्रचार गर्ने र यसको महत्व दर्शाउने प्रयास गरेका छौँ”, उनले भने, “महोत्सवले सबैको चासो बढाएको छ ।”
महोत्सवको उद्घाटनका लागि हाँडीकोट पुगेका जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले हाँडीकोट जिल्लाकै पर्यटन क्षेत्रमा प्रभाव राख्नसक्ने क्षेत्र भएकाले यसको विकासका लागि पहल गर्नुपर्ने बताए । घुम्नेहरुका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै उनले हाँडीकोटको प्रकृति, धार्मिक पर्यटन र यहाँको जडीबुटीको पहिचान र प्रयोगमा जोड दिएका छन् ।
भुरे टाकुरे राजाका पालामा बनेको दरबारका अवशेष हाँडीकोटमा छन् । यहाँ रहेको शिवको मन्दिर धार्मिक पर्यटकका लागि उपयुक्त गन्तव्य हो । हाँडिकोटबाट साविकको पश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्लाका उच्च भू–भाग खुला आँखाले देख्न सकिने भएकाले पर्यटकको गन्तव्य बनाउन सकिने नगरपालिकाका उपप्रमुख लीला राना बताउछन् ।
यहाँबाट १६ भन्दा धेरै हिमशृङ्खला देख्न सकिन्छ । पर्यटकीयस्थल प्रवद्र्धन गर्नकै लागि आयोजना भएको पहिलो महोत्सवमा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने बताए । बरेङ र जैमिनी दुवैको पर्यटकीयस्थलका रूपमा हाँडिकोटलाई प्रयोग गर्न सकिने उनको धारणा थियो ।
हाँडीकोटको विकासका लागि नगरपालिकाले पछिल्ला दुई वर्षमा रु १६ लाख खर्चेको छ । नगरपालिकाको वडा नं–१० राङ्खानीबाट हलहलेसम्म रु सात लाख ५० हजार खर्चेर सवारी चल्ने सडक निर्माण गरिएको उपप्रमुख रानाले बताए ।
त्यस्तै व्यार्थलादेखि हाँडीकोटसम्म पदमार्ग निर्माणको काम समेत चलिरहेको छ । पछिल्ला दुई आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा ५०० मिटरभन्दा लामो पदमार्ग निर्माण भइसकेको उनले बताएका छन् । यो पदमार्ग पूरा गर्नका लागि हरेक वर्षको बजेटले सम्बोधन गर्ने उनको धारणा थियो ।
व्यार्थलाबाट झण्डै तीन किलोमिटर पैदलयात्रा गरेर हाँडीकोट पुग्न सकिन्छ । यहाँको विकासका लागि स्थानीय सरकारसँग मिलेर योजनाबद्ध काम गरिने केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार