अल्लोको मास्क उत्पादन शुरु, उपभोक्तालाई केही राहत
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १४:५३:३७
२८ फागुन लमही । मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् ।कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।
लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ । उत्पादकले यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने बताएको छ । अल्लोको मास्क निर्माण गरेर बजारमासमेत ल्याइएको छ । प्रतिमास्कको मूल्य रु ८० निर्धारण गरिएको छ ।
जिल्लाको बजारमा मास्कको अभाव भएको भन्दै स्थानीयस्तरमा समेत मास्कको उत्पादन थालिएको हो । यसले स्थानीयस्तरमा मास्कको अभाव नहुने मास्क उत्पादकले बताएका छन् । यसअघि बजारमा अधिकतम उपयोग हुने मास्क चीनमा निर्मित थियो । जसको अधिकत्तम मूल्य रु १० मात्र थियो । बजारमा अभाव चुलिएसँगै प्रतिमास्कको मूल्य रु २५ सम्म पुगेको थियो ।
बजारमा मास्कको अभाव भएपछि प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरलगायतका स्वास्थ्य संस्थाले स्थानीयस्तरमै निर्मित मास्क आन्तरिक प्रयोजनका लागि उपयोग गर्न थालेका छन् । त्यसैगरी देउखुरीको लमहीमा बजारमा पाइने काँचो कपडाबाटै पुनःप्रयोग गर्न सकिने मास्क निर्माण शुरु भई बजारमा समेत आइसकेको छ । चिकित्सकले स्यानेटाइजर छर्केर तथा दैनिकरुपमा सफा गरेको अवस्थामा यो मास्क एक महिनासम्म पनि प्रयोग गर्न सकिने सल्लाह दिएका छन् । पछिल्लो समयमा विद्यालयका विद्यार्थीदेखि सरकारी कर्मचारी, व्यवसायी र आम नागरिकमा पनि मास्क लगाउने प्रवृत्ति बढेको छ ।
अहिले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि भन्दै बालबालिका युवा, वृद्धवृद्धा सबैले मास्कको प्रयोग गर्ने थालेका छन् । फलस्वरुप स्थानीय बजारमा मास्कको माग ह्वातै बढेको व्यवसायी बताउँछन् । चाइनाबाट आउने मास्कको निर्यात बन्द भएपछि नेपालभरिनै मास्कको अभाव भइरहेको छ । कच्चा पदार्थ निर्यातमा समेत चीनले प्रतिबन्ध लगाइसकेको मास्क आयातकर्ता कम्पनीले बताएका छन् ।
अहिले स्थानीय बजारमा मास्कको चर्को अभाव देखिएको छ । केही दिनअघिबाट यहाँ उत्पादन गरिएको अल्लोको कपडाबाट निर्माण गरिएको मास्क बजारमा आएपछि यहाँका उपभोक्ताले केही राहत महसुस गरेको बताइएको छ । चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले अल्लोको मास्क निर्माण गरेर बजारमा ल्याएको समूहका अध्यक्ष प्रेमकुमारी पुनले बताइन।
यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव भएको कुरा आएपछि मास्क उत्पादन शुरु गरेको उनको भनाइ छ । यसलाई उनीहरुले व्यावसायिकतामा समेत जोडेका छन् । अब व्यवसायिक रुपमा उत्पादन गरेर आन्तरिक माग खपत गर्ने योजनाका साथ अगाडि बढ्ने उनले बताए। लागत मूल्यमा केही मुनाफा राखेर मास्कको बजार मूल्य निर्धारण गरिएको उनको भनाइ छ ।
अल्लोबाट उत्पादन गरिएको मास्क धोएरसमेत प्रयोग गर्ने सकिने छ । अन्य मास्क धोएर पुनः प्रयोग गर्ने नमिल्ने अध्यक्ष पुनको भनाइ छ । अल्लोवाट निर्माण भएकाले यो मास्क जैविक वस्तु भएकाले स्वस्थ रहेकोसमेत उनको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार