कैलालीको टीकापुरमा निर्माणाधीन व्यवस्थित बसपार्कको काम ९० प्रतिशत सम्पन्न
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १८:५३:४३
२८ फागुन, काठमाडौं । कैलालीको टीकापुरमा निर्माणाधीन व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ ।
बसपार्क निर्माणका लागि १८ महिनाभित्र काम सक्ने गरी विसं २०७५ माघ २ गते राजेन्द्र रोयल जेभी धनगढीले ठेक्का लिई निर्माण शुरु गरेको हो । विसं २०७७ साउन ४ गतेभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि त्यसअगाडि नै काम सम्पन्न गर्ने लक्ष्य लिएर काम भइरहेको निर्माण कम्पनीका इञ्जिनीयर झङ्कर थापाले बताए ।
बसपार्कमा एकतलाको टर्मिनल भवन निर्माण भएको छ । त्यसमा टिकट काउन्टर, रेष्टुरेन्ट, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भएको छ । “बसपार्क क्षेत्र पूरै आरसिसीसहितको ढलान गरिएको छ, त्यहाँ बसपार्कमा लामो दूरी र छोटो दूरीका लागि छुट्टाछुट्टै पार्किङ स्थान बनाइएको छ”, इञ्जिनीयर थापाले भने, “बसपार्कभित्र मोटरसाइकल, अटोरिक्साका लागि पनि पार्किङको व्यवस्था छ ।” इञ्जिनीयर थापाले अबको केही दिनमा बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने बताए ।
लामो समयपछि टीकापुरको बसपार्क व्यवस्थित बन्न थालेपछि यहाँका नागरिक पनि खुशी भएका छन् । स्थानीय केशरी सोडारी व्यवस्थित बसपार्क निर्माण हुँदा यहाको विकासमा सहयोग पुग्ने बताए । “बसपार्क बनेपछि लामो दूरीका बस पनि यहाँ आउनेछन्, जसले व्यापार वृद्धिमा सघाउँछ”, सोडारी भन्छन्, “बसपार्क बन्दै गर्दा आसपासका घर अहिले नै भाडामा गइसकेका छन् ।”
टीकापुरमा अहिले व्यवस्थित बसपार्कसहित छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र दृश्यावलोकन स्तम्भसहितको घण्टाघर निर्माण भइरहेका छन् । “भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्दछ, त्यसमा हामी सचेत भएका छौँ”, नगरप्रमुख तपेन्द्र रावलले भने, “हामीले संरचना निर्माण गर्दा प्रयोेग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ, टीकापुरमा ठूला पूर्वाधार बन्न थालेका छन्, यसले विकासमा सहयोग पुगेको छ ।” बसपार्क निर्माणको लागि राजेन्द्र रोयल जेभी धनगढीले रु आठ करोड ३३ लाखमा ठेक्का लिएकोे हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार