कोरोना भाइरस : बैतडीमा आइसोलेसन कक्ष स्थापना
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १९:२४:३६
२८ फागुन, काठमाडौं । बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।
अस्पताल परिसरभित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ । “शंकास्पद बिरामीको खकार र सिगानको नमूना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ”, उनले भने, “कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारी स्वरुप जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको हो”, यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ ।
भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा केही दिन अघिदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेर त्यहाँबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य नियमित रुपमा भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा सीमा नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सो कक्षबाट अहिले सम्म ४५० बढी नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको छ ।
नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीले नेपाल फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार