हलिवुड अभिनेता टम ह्यान्स र उनकी श्रीमतीलाई कोरोनाको संक्रमण
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १६:३७:२०
२९ फागुन एजेन्सी । हलिवुड अभिनेता टम ह्याक्स कोरोना भाइरस ‘कोभिड–१९’बाट सङ्क्रमित भएका छन् ।ह्याक्ससहित उनकी पत्नी रिटा विल्सनमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । आफ्नो ट्विटर एकाउन्टमा अभिनेता टम ह्याक्सले आफू र पत्नी रिटा विल्नसमा कोरोनाको सङ्क्रमण देखिएको बताए ।
टम ह्यान्स हाल एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त छन् । ‘नमस्कार, रीता र म यहाँ अष्ट्रेलियामा छौँ, हामीले केही थकित महसुस गर्यौँ, हामीलाई चिसो लागेको थियो र शरीर दुखेको थियो । अलिअलि ज्वरो पनि आएको थियो । त्यसपछि हामीले कोरोना भाइरसको परीक्षण गर्यौँ र दुवैजनालाई यसको संक्रमण भएको थाहा भयो’, ह्यान्सले भनेका छन् ।
यस्तै उनले ट्विटरमै आफूहरुले पूर्ण रुपमा स्वास्थ्य लाभ नभएसम्म उपचार र स्वास्थ्यको ख्याल पृथक ढंगले गर्ने पनि बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालबाटै जानकारी दिने पनि बताएका छन् ।
अभिनेता ह्याक्स र विल्सन दुवै ६३ वर्षीय हुन् । एल्भिस प्रेस्लेको जीवनमा आधारित फिल्मको छायाँकनको क्रममा ह्याक्स दम्पति अहिले अस्ट्रलियामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार