चीनमा कोरोना त्रासदीले सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार २०:८:३१
२९ फागुन एजेन्सी । कोरोना भाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो ।
चिनियाँ अटोमोबाइल उत्पादक संघ ‘काम’अनुसार यस वर्षको फेब्रुअरीमा सवारी साधनको बिक्री न्यून भएर तीन लाख १० हजारमा सीमित भएको छ । संघले चीनमा सवारी साधनको बिक्रीमा कमी आएको यो लगातार २० औं महिना हो । संघका वरिष्ट अधिकारी चेन शिहुवाले नयाँ विद्युतीय कारको बिक्रीमा कमी आएको बताए । विद्युतीय कारको बिक्रीमा लगातार आठ महिनादेखि कमी हुँदै आएको छ ।
संघका अधिकारीले यस वर्षको पहिलो छ महिनामा १० प्रतिशतभन्दा बढीले घट्ने देखिएको बताएका छन् । अप्रिल अघि चीनमा कोरोना भाइरसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिए पनि वर्षभर करिब ५ प्रतिशतले कमी आउने छ । कार उत्पादनको प्रमुख केन्द्रका रुपमा रहेको हुबे प्रान्तमा रहेका सबैजसो कार निर्माता कम्पनीहरुले उत्पादनमा ढिलाई गर्ने बताएका छन् । हुबेमा डोङफेङ मोटर ग्रुप कम्पनी र यसका साझेदार कम्पनीहरु होन्डा मोटर, रेनल्ट एसए र प्युजेट एसएका कारखानाहरु रहेका छन् ।
शाङ्घाईमा रहेको टेस्लाको उत्पादन र वितरण पनि प्रभावित भएको छ । तर, हुबे प्रान्तको राजधानी उहानका सरकारी अधिकारीहरुले कोरोना भाइरसको त्रास कम भएको जनाउँदै उद्योग, कलकारखाना खोल्न अनुमति दिएको छ । यहाँ होन्डाले आफ्नो कारप्लान्ट शुरु गरेको छ ।
निस्सान मोटरले पनि हुबेकै अर्को शहर सियानग्याङस्थित कारखानाबाट आंशिक उत्पादन थालेको छ भने हेनानको झेङझाउ प्लान्ट शुरु गर्ने योजना अघि बढाएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण पनि चीनको कार बजारमा असर परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार