दूरसञ्चार प्राधिकरण सेवा : राउटर मात्रै छन्, इन्टरनेट चल्दैन
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ०:१९:१८
२९ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १०३ वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी कार्यालयमा पनि इन्टरनेट सेवा छैन ।
जिल्ला सदरमुकाम चौतारा र आसपासका अधिकांश विद्यालयमा इन्टरनेट सुविधा छैन । नेपाल दूरसञ्चार प्राधिकरणले दाबी गरेजस्तो निःशुल्क इन्टरनेट सेवा उपलब्ध नभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले निःशुल्क इन्टरनेट प्रभावकारी नभएको बताएका छन् । भोटेकोशी, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र पाँचपोखरी थांपाल गाउँपालिकामा इन्टरनेट सुविधा जडान नै गरिएको छैन । गाउँपालिका कार्यालय, वडा र केही माध्यमिक विद्यालयले आफ्नै खर्चमा इन्टरनेट सञ्चालन गरेका छन् ।
बाह्रबिसे नगरपालिकाको विद्यालय, स्वास्थ्यचौकी र अन्य सरकारी कार्यालयमा इन्टरनेटको राउटर जडान भए पनि टावरका कारण सिग्नल नै आउँदैन । ती सरकारी कार्यालयलाई आवश्यक पर्दा बाह्रबिसे बजारमा आएर निजी इन्टरनेटबाट काम गर्नुपर्ने अवस्था छ । दूरसञ्चार प्राधिकरण बाह्रबिसेले लिसङ्खुपाखर गाउँपालिकाको सबै सरकारी कार्यालय र विद्यालयलाई सिडीएमएको इन्टरनेट जडान गरिदिएको छ । तर, निकै सुस्त भएकाले दिनभर चलाउँदा पनि एउटा फाइल डाउनलोड हुँदैन ।
मेलम्ची नगर, जुगल र इन्द्रावती गाउँपालिकामा दुई वर्षअघि जडान गरिएका इन्टरनेटका राउटर काम नलाग्ने भएका छन् । “सूचना केन्द्र स्थापनाका लागि दूरसञ्चार प्राधिकरणसँग एक वर्षदेखि अनुरोध गरेको छु । तर आजसम्म कुनै सेवा प्राप्त भएन”, गाउँपालिका महासङ्घका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए ।
हेलम्बु गाउँपालिकामा टावर आउने स्थानमा सबै सरकारी कार्यालय र विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध रहेको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । निःशुल्क इन्टरनेट सेवाबारे सोधपुछ गर्दा नेपाल दूरसञ्चार प्राधिकरण महसुल काउण्टर शाखा चौताराका प्रमुख तेजकृष्ण श्रेष्ठले यसबारे केही थाहा नभएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार