प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्, दुई जनाबाहेक अरुलाई भेट्न दिइएन
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १२:५:४
३० फागुन, काठमाडौं । मृर्गौला प्रत्यारोपणको दशाैं दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
बिहीवार अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको बताए । प्रत्यारोपणपछि गरिने परीक्षणहरूलाई निरन्तरता दिइएको र उनकाे भाइटल तथा ल्याब सूचकहरू सामान्य रहेको बताए ।
प्रधानमन्त्री ओलीले नियमित खाना खाइरहेको खड्गाले बताए। प्रधानमन्त्री ओलीको पिसाबमा संक्रमणको आशंका देखिएपछि बुधवार परीक्षण गरिएको थियो । सोही कारणले उहाको डिस्चार्ज ढिला गरिएको अस्पताल स्रोतले बताएको थियो ।
परीक्षणमा कुनै खराबी नदेखिएपछि अहिले नै डिस्चार्ज गर्ने अवस्था नरहेको डा खड्गाले बताए । त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले अहिलेसम्म ओलीलाई चिकित्सक बाहेक किड्नी दान गर्ने उनकी भान्जी समीक्षा संग्रौला र प्रधानमन्त्री पत्नी राधिका शाक्य गरी दुईजनाले मात्र भेटेको जानकारी दिए । केहि दिन अघि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको पुन मृगौला प्रत्यारोपण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार