टल्किँदै जस्ता, हट्दै खरका छाना : वडावासी खुशी
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १५:२४:३
३० फागुन बागलुङ । काठेखोला गाउँपालिका–७ ले बिहीबार रेशका २४ घरलाई जस्तापाता प्रदान ग¥यो । गत आवमा वडाकै सहयोगमा खरले छाएका विपन्न परिवारका ३० घरमा जस्तापाता हालिएको थियो । वडामा खरको छाना भएका ७२ घरधुरी थिए ।
“यो वर्ष वडामा भएका सबै खरका छाना फेर्छौं”, वडाध्यक्ष प्रेम लामिछानेले भने, “विपन्न, एकल महिला र दलित समुदायको खरको छानो विस्थापित गर्ने योजना छ ।” उनका अनुसार १८ घरको छानो फेर्न बाँकी छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडाले सुरक्षित छानोमुनि ल्याउन लागेको हो । ढुङ्गा या जस्तापाता हालिएको र अर्को खरले छाएको गरी दुई घर भएका परिवारलाई भने वडाको सहयोग छैन । सक्ने परिवारले आफ्नै खर्चमा जस्तापाताले घर छाउन थालेका छन् ।
गाउँलेसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको वडाध्यक्ष लामिछानेले बताए । जस्तापाता खरिद, ढुवानीमा वडा कार्यालयले लगानी गरेको छ भने जस्तापाता सम्बन्धित परिवारले आफैँ हाल्छन् । घरको छानो भएका परिवार वर्षौंदेखि विभिन्न समस्या झेल्न बाध्य थिए । आर्थिक विपन्नताका कारण छानो छाउन नसकेका परिवारलाई वडा कार्यालय सहारा बनेको छ । जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि वडावासी खुशी छन् ।
खरका छाना हटाउने योजनाका लागि हालसम्म वडाको रु १८ लाख बजेट खर्च भइसकेको छ । वडा नंं २ भीमापोखरामा पनि खरका छाना विस्थापित गर्ने कार्यले तीव्रता पाएको छ । गत आर्थिक वर्षमा २४ घरका छाना जस्तापाताले छाइएको वडा कार्यालयले जनाएको छ ।
चालू आवमा थप १७ विपन्न परिवारलाई जस्तापाता निःशुल्क प्रदान गरिएको छ । वडा कार्यालयले यो वर्ष जस्तापाता वितरण गर्नका लागि रु छ लाख बजेट छुट्याएको थियो । वडाभित्र ५५ खरले छाएका घर भएकामा आगामी वर्ष सबै खरका छानामा जस्तापाता हालिने भएको छ । बागलुङ नगरपालिकाले हालै ‘जनता सुरक्षित आवास’ कार्यक्रमअन्तर्गत ४० विपन्न परिवारलाई घर छाउनका लागि जस्तापाता वितरण गरेको थियो । चौधवटै वडामा रहेका खरका छाना विस्थापित गर्ने नगरपालिकाको योजना छ ।
उक्त योजनाका लागि नगरले चालू आवमा रु १५ लाख बजेट छुट्याएको थियो । आगामी वर्ष पनि जस्तापाता वितरण गर्ने कार्यले निरन्तरता पाउने नगरपालिकाले जनाएको छ । वर्षौंदेखि खरको छानोमुनि कष्टकररुपमा जीवनयापन गर्दै आएका विपन्न परिवारका छाना फेर्न स्थानीय तहले लगानी गरेका हुन् ।
जिल्लाका दशै वटा स्थानीय तहमा खरका छाना विस्थापित गर्न अभियान थालिएको छ । रङ्गीचङ्गी जस्तापाता पाएपछि गाउँ, बस्तीमा रहेका विपन्न परिवारका घरले विस्तारै मुहार फेर्दैछन् । गण्डकी प्रदेशमा गरिबी बढी भएको जिल्लामध्येमा बागलुङ पनि पर्छ । जिल्लाभर रहेका खरका छाना फेर्न भने आउँदा केही वर्ष कुर्नुपर्ने देखिन्छ । गाउँघरमा अहिले पनि खरले छाएका घरगोठ धेरै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार