के तपाई कोरोनाबारे बुझ्न चाहानुहुन्छ ? १११५ नम्बरमा फोन गर्नुस !
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १९:५९:४७
३० फागुन, काठमाडौं । चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।
विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ लाख ३४ हजार ५ सय ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८ हजार तीन सय ४६ नयाँ संक्रमित हुन् । झण्डै ६९ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।
गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय १५ देशमा फैलिसकेको छ। चीनमा संक्रमण दर घटेपनि इटली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कोरोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ।
यता सरकारले कोरोना भाइरस ‘कोभिड–१५’ बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।
महाशाखाले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गरे । यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको छ । कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज चीन जाँदै
मंसिर १७, २०८१ सोमबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार