क्षेत्रपाटी परिवार कल्याण केन्द्रमा निःशुल्क पुरुष बन्ध्याकरण सेवा पुनः शुरु
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार १८:५८:४५
१ चैत्र, काठमाडौं । नेपालमा परिवार नियोजनको विकास र प्रवद्धर्नमा लामो इतिहास बोकेको क्षेत्रपाटी परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टीमले बिहिबारदेखि सेवा शुरु गरेको हो । संस्था क्षेत्रपाटीस्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केहि समयको लागि सेवा बन्द भएको थियो ।
गत बिहिबार सेवा लिन लाएका सेवाग्राहीहरुले चिकित्सक तथा स्वास्थकर्मीहरुबाट परिवार नियोजन र पुरुष बन्ध्याकरण सम्बन्धि उचित परामर्श पाएको बताए । आफ्नो मनका भएका प्रश्नहरुका बारेका भरपर्दो सल्लाह सुझाव पाएर आपूmहरु निर्धक्क हुन सकेको उनीहरुले बताए ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.जेस्मीन श्रेष्ठले सन्तानको इच्छा पुगिसकेका दम्पतिका लागि पुरुष बन्ध्याकरण अति प्रभावकारी र सुरक्षित विधि भएको बताइन् । यो विधिमा शुक्रकीट लैजाने नलिलाई बाँधेर काटिन्छ जसले गर्दा शुक्रकिट वीर्यमा मिसिन पाउँदैन । तर, यो विधि तुरुन्तै प्रभावकारी नहुने भएकोले ३ महिनासम्म कण्डमको प्रयोग गर्न वा अन्य प्रभावकारी साधन लिन जरुरी हुन्छ ।
डा. श्रेष्ठका अनुसार हाल क्षेत्रपाटीमा शुरु गरिएको सेवालाई नन– स्क्याल्पल भ्यासेक्टोमी (Non- scalpel vasectomy) भनिन्छ जसमा ब्लेडले नकाटी शल्यक्रिया गरिन्छ । यस विधिमा दुखेको कम गर्ने सुई लगाइन्छ र पुरुष होसमा नै हुन्छन् । शल्यक्रिया गरेको केहि समयमा नै सेवागाह्री घर जान सक्छन् ।
क्षेत्रपाटी परिवार कल्याण केन्दमा पुरुष बन्ध्याकरण बाहेक परिवार नियोजनका सम्पूर्ण अस्थाई साधनहरु पनि उपलब्ध भएको नर्सिङ् इन्चार्ज शान्ता घिमिरेले जानकारी दिएकी छन् । स्वास्थ्यकर्मीको परामर्शसहित पिल्स चक्की, तीन महिने सुई, पाखुरामा राखिने इम्प्लान्ट, पाठेघरमा राखिने कपर–टी आदि साधनहरुको लागि पनि सेवाग्राहीहरुको लागि क्षेत्रपाटी परिवार कल्याण केन्द्र भरपर्दो संस्था बनेको छ । राष्ट्रिय खोप तालिका अनुसार नवजात शिशुको लागि चाहिने सम्पूर्ण खोपहरु र गर्भवती आमालाई चाहिने आइरन चक्की, जुकाको औषधि र खोपहरु केन्द्रले निशुल्क प्रदान गर्दै आएको छ ।
गर्भवती महिलाको नियतिम जाँच तथा स्त्री रोग र प्रसुति, पाठेघरको मुखको क्यान्सरको लागि भि. आई. ए परिक्षण लगायत अन्य स्वास्थ्य सम्बन्धि समस्याहरूको लागि डा. श्रेष्ठको नेतृत्वमा डा. उदेश पाण्डेसहितको टीमले ओ. पि. डि सेवा, ल्याव, अल्ट्रासोनोग्राफी (भिडियो एस रे) जस्ता सेवा नियमित रुपमा सञ्चालन भइरहेकोले सम्पूर्ण सेवाहरुबाट फाइदा लिन डा. पाण्डेले आह्वान गरेका छन् ।
त्यस्तै स्वास्थ्यकर्मीहरुको सीप विकासको लागि परिवार नियोजन सम्बन्धि विभिन्न तालिमहरु पनि नियमित रुपमा यस संस्थामा सञ्चालन हुने गरेको छ । छिटै नै महिला बन्ध्याकरण सेवा पनि सुरु गर्ने तयारीमा रहेको जानकारी डा. श्रेष्ठले दिएकी छन् ।
हाल क्षेत्रपाटी परिवार कल्याण केन्द्रको नयाँ भवन डल्लु आवास क्षेत्रमा, डल्लु पुलबाट स्वयम्भुतर्पm जाने बाटोमा लगभग २०० मिटरको दुरीमा रहेको छ । सम्पर्कको लागि फोन नं ०१–४२७९९१८ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार