एनआईसी एशिया बैंकका ग्राहकहरूलाई अकामा होटलमा २० प्रतिशत छुट
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २१:३३:४२
२ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी (MoU) भएको छ । एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका छन ।
उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरेवापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका सर्तहरू एकवर्षको लागि लागू हुनेछन् । यसैगरी ग्राहकहरूले देशभरका २ हजार ४ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छन् ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
सभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार
समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन, अनुदानको अधिकतम सीमा हटाइयो
माघ १०, २०८१ बिहिबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार