सभापति र महामन्त्री दुबैले विधान विपरित काम गरेको सिटौलाको दावी
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २३:१६:१६
३ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा आफूलाई तेश्रो धारका रुपमा स्थापित गरेको कृष्णप्रसाद सिटौला समूह एकढिक्का रहेको सन्देश दिन आज सफल देखिएको छ । गत तह्रौं महाधिवेशनदेखि छुट्ट्रै समूह खडा गरी कांग्रेसमा उदाएको यो समूहमा हालै नेताहरु नै विभाजित भएको सन्देश प्रवाहित भएको थियो ।
त्यही सन्देश चिर्न आज राजधानीको बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रम केही हदसम्म सफल भएको छ । केही समयअघि पार्टी सभापति शेरबहादुर देउवाले गठन गरेको विभाग र केन्द्रीय सदस्य मनोनयनमा सिटौला पक्षलाई समेत स्थान दिएको विषयमा नेताहरुबीच मतभेद देखिएको थियो ।
सभापति देउवाले सिटौला पक्षका शिवप्रसाद हुमागाईलाई श्रम तथा रोजगार विभाग प्रमुख बनाएका थिए भने झापाका सुधिरकुमार शिवाकोटीलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । यी दुबैजना सिटौला निकट मानिन्छन् । तर यस सन्दर्भमा सिटौलाले आफूहरुसँग सल्लाह नगरेको भन्दै युवा नेताद्वय गगन थापा र प्रदीप पौडेलले असहमति जनाएका थिए । साथै , वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत गगन र प्रदीप आफूसँग रहेको अभिव्यक्ति दिएका थिए ।
जसले गर्दा सिटौला पक्षमा विभाजन आएको अनुमान गरिएको थियो । त्यही सन्देशलाई चिर्न आज हामी एकतावद्ध भएर भेला भएका हौं – सिटौलाले कार्यक्रमको उद्घाटन गर्दै भने । हामी कांग्रेस सुधार अभियानमा निरन्तर लागिरहेका छौं, यात्रा अघि बढिरहेको छ, कसैले हामीमा फुट आएको सन्देश फैलाउँछ भने हाम्रो सरोकारको विषय होइन – उनले भने ।कुनै कुरालाई मात्र आधार बनाएर कसैले केही अवधारणा बनाउँछ भने त्यो उसैको चिन्ताको विषय हो हामी एक छौं, न त सभापतिसँग हाम्रो एकता छ न वरिष्ठ नेता पौडेलसँग जोडिनु परेको छ – सिटौलाले भने ।
कार्यक्रममा नेता गगन थापाले पनि सिटौलासँग मिल्दोजुल्दो अभिव्यक्ति दिए । उनले भने – सभापति र महामन्त्री दुबैले विधान विपरित काम गर्न पाइन्न । विभाग गठन गर्दा सभापतिले देखाएको व्यवहार सामन्ती रहेको आरोप उनले लगाए ।पार्टी कार्यकर्ता कसैका दास होइनन्, सबैको सम्मान गर्न नसक्नेले नेतृत्व सम्हाल्न सक्दैन, उनले भने । नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नविकरण प्रक्रिया शुरु भइसकेपछि विभाग गठन र विस्तार गर्नु गलत हो उनले भने ।
यस्तै सोही कार्यक्रमलाई संवोधन गर्दै अर्का युवा नेता प्रदीप पौडेलले भने – हामी एक छौं, हाम्रो गन्तव्य उही हो । सभापतिले विधान विपरीत काम गरेको भन्दै उनले पनि कडा आलोचना गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार